शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र प्रचण्डलाई बाबुरामको प्रश्नः बाँदरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?

बिहीबार, ०३ जेठ २०७५, ११ : ०१
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले एमाले र माओवादी बीच एकता हुँदै गर्दा केहि प्रश्नहरु अनुत्तरित रहेको बताएका छन् । 

उनले दुई पार्टी एकताबारे ट्वीट गर्दै प्रश्न गरेका छन्, ‘के वानरहरू पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?’ एमाले र माओवादीले  सर्वहारा अधिनायकत्व नै छाडेडिसकेकाले कम्युनिष्ट नाममा मोह दर्शाउनु बेकार भएकाे उनकाे तर्क छ । 

उनले गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुइ हुने भएपनि  माइनस एकको मूल्य धेरै कि माइनस दुइको मूल्य धेरै हो भन्ने कुरा मूख्य भएको समेत बताएका छन् ।

 माओवादी जनयुद्धका एक डिजाइनर मानिने भट्टराईले संविधानसभाबाट संविधान जारी भएपछि माओवादीबाट बाहिरिएर नयाँ  शक्ति पार्टी गठन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप