शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकताको पूर्वअभ्यास : मदन—आश्रितको स्मृतिमा एमाले–माओवादी सँगै (फोटो)

बिहीबार, ०३ जेठ २०७५, १० : ५७
बिहीबार, ०३ जेठ २०७५

काठमाडाै- मदन भण्डारी र जीवराज आश्रितको २५औँ स्मृति दिवसका अवसरमा आज मदननगर बल्खुमा एमालेद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा कम्युनिष्ट कहिले फुट्ने र कहिले जुट्ने गरेको उल्लेख गर्दै अब दुई पार्टी कहिल्यै नफुट्ने गरी पार्टी एकीकरण गर्न लागेको बताएका छन् । 

“एकतापछि बन्ने एकीकृत कम्युनिष्ट पार्टीले मुलुकलाई नयाँ उचाइमा पु¥याउने छ”, प्रधानमन्त्री ओलीले भने, “दुई पार्टीबीचको एकताले नेपालको राजनीतिक, सामाजिक, नेपालको वर्तमान र भविष्य, नेपालको अर्थतन्त्र र सांस्कृतिक उचाइलाई अनेक कोणले प्रभावित पार्दै असाधारण र दूरगामी महत्व राख्ने छ ।” 

उनले दुवै पार्टीले नै एकताको निर्णय गरिसकेको भन्दै एकता संयोजन समितिको बैठकले अनुमोदन गरी दुवै पार्टीको संयुक्त केन्द्रीय कमिटी बैठकले एकताको निर्णय गरिसकेपछि निर्वाचन आयोगमा आजै नयाँ दल दर्ता गरिनेसमेत बताए । 

प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसलाई प्रतिष्पर्धी नभई सहयोगीका रुपमा लिएर जाने बताए । 


कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मदन भण्डारी र जीवराज आश्रित अवसान भएको दिन ऐतिहासिक भएकाले पार्टी एकता गर्न थालेको बताए । 

पूर्व प्रधानमन्त्री दाहालले उनीहरुको स्मृतिको दिनमा मुलुकलाई ऐतिहासिक मोडमा पु¥याउनका लागि आफूले नै एकताको प्रस्ताव गरेको समेत उल्लेख गरे । 

सोही अवसरमा प्रधानमन्त्री ओली, माओवादी केन्द्रका अध्यक्ष दाहाल, एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापालगायतले स्व मदन भण्डारी र जीवराज आश्रितको तस्वीरमा माल्यापर्ण गरेका थिए । 

तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा निधन भएको थियो । 

शब्द : रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप