शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मूल्यबृद्धि खारेजीको माग गर्दै त्रिचन्द्र अगाडि नेविसंघको प्रदर्शन

बिहीबार, ०३ जेठ २०७५, १० : ४०
बिहीबार, ०३ जेठ २०७५

काठमाडौं– नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध गर्दै प्रर्दशन गरेको छ ।

नेविसंघले बिहिबार बिहान काठमाडौको त्रिचन्द्र क्याम्पस अगाडि मूल्यबृद्धिको विरोधमा प्रर्दशन गरेको हो ।

प्रर्दशनमा नेविसंघ त्रिचन्द्र कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुले कालोबजारी अन्त्य गर्नुपर्ने, बढेको मूल्यबृद्धि खारेज गर्नुपर्ने लगायतका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । 

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटिटतेलमा प्रतिलिटर २ रुपैयाका दरले मूल्य बृद्धि गरेको थियो ।

मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एकसय दश रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप