बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पहिलो यौन सम्पर्कले निर्धारण गर्छ सम्बन्ध लामो कि छोटो हुन्छ भनेर : अध्ययन

बिहीबार, ०३ जेठ २०७५, ०८ : ४९
बिहीबार, ०३ जेठ २०७५

एजेन्सी । अनुसन्धानदाताहरुले जोडीको सम्बन्धको सफलता उनीहरुबीच हुने पहिलो यौन सम्पर्कले परिभाषित गर्ने सार्वजनिक गरेका छन् । 

८०० जना मानिसहरुमा गरिएको अध्ययनले पहिलो यौन सम्पर्क राम्रो हुने जोडीको सम्बन्ध, नहुनेहरुको भन्दा लामो टिकेको देखाएको छ ।

यसो हुनुको कारण पहिलो यौन सम्बन्धमा रमाउनेहरु यो अनुभवलाई लामो समय बनाउन प्रेरित हुने अनुसन्धानकर्ताहरुले बताए ।

क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिक डेभिसले सबै सम्बन्धहरु शुरुवाती चरणमा लगभग समान हुने भेटिएको बताए ।

फरकपन सम्बन्धमा आत्मियता बढेपछि मात्र देखिने अध्ययनमा देखिएको छ ।

यो अध्ययन जर्नल अफ एक्स्पेरिमेन्टल साइकोलोजीमा प्रकाशित भएको छ ।

यस्तो खालको पहिलो अध्ययनको आलेखका प्रमुख लेखक प्रोफेसर पल इस्टवीक र उनको समूहले सम्बन्धहरुको प्रारम्भदेखि अन्त्यसम्म अवलोकन गरेका थिए ।

मनोविज्ञहरुले दुई व्यक्तिमा फरकपन आउन समय लागेको पाए ।

फरकपन देखा पर्न थालेपछि जोडीले सम्बन्ध वा विवाह तोड्ने नतोड्ने यौन सम्पर्कले निर्धारण गरेको पाइयो ।

प्रोफेसर इस्टविक भन्छन्, “दीर्घकालिन र अल्पकालिन बाटो के हुन्छ भन्ने संकेत तपाईहरुले एक अर्कालाई चिनेको हप्ताहरु वा महिनाहरुपछि देखिन थाल्छ ।”

“प्रारम्भमा कुनै सम्बन्ध लामो टिक्छ कि छोटो समयमै अन्त्य हुन्छ भनेर कुनै बलियो प्रमाणहरु पाइदैन ।”

अध्ययनको लागि विभिन्न उमेर समूहका ८०० जनालाई समावेश गरिएको थियो । 

अनुसन्धानदाताहरुले सम्बन्धको प्रारम्भबाट अवलोकन गरेका थिए । यो अध्ययन यो भन्दा अघि भन्दा फरक थियो । अरु अध्ययनहरुमा मानिसहरु डेटिङ्ग गर्न थाले पछि अवलोकन गर्न थालिएको हुन्थ्यो ।

यथार्थ जीवनमा मानिसहरु अर्को मानिसप्रति ‘थोरै आकर्षित हुँदा’ पनि यौन सम्पर्क हुने स्तरको सम्बन्ध हुन सक्छ तर त्यस्तो सम्बन्ध छोटो हुन्छ । आकर्षणले सम्बन्ध लामो समय तान्न नसक्ने देखियो ।

लामो सम्बन्धको त्यही हुन्छ जुन शुरुबाटै ‘उत्साहपर्दक’ र ‘सेक्सी’ हुन्छ । यस्तै सम्बन्धनै पछि स्थिर र लामो हुने हुन्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप