बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ऐतिहासिक काम भयो : जनार्दन शर्मा

बुधबार, ०२ जेठ २०७५, २१ : ०६
बुधबार, ०२ जेठ २०७५

काठमाडौं माओवादी केन्द्रीय कार्यलय बैठकले एमालेसँगको पार्टी एकता गर्ने सहमतिलाई अनुमोदन गरेको छ । 

माओवादी नेता जनार्दन शर्माले बैठकले एकले अर्काको सकरात्मक काम सिक्दै जाने र एक अर्कामा रहेका कमजोरी हटाउँदै जाने प्रतिबद्धता पनि लिएको छ । 

एकताको ऐतिहासिक कार्यभार अगाडि बढान सकिएको र यसले नेपालमा राजनीतिक स्थिरता, समृद्धि र विकासमा मघछ पुर्राउने माओवादी वैठकको बुझाई छ । 

एमाले र माओवादीबीच भोलि पार्टी एकता हुँदैछ भनेर सवैभन्दा पहिला विहान ११ बजे रातोपाटी अनलाइनमा समाचार प्रकाशित भएको थियो । 

आज विहान प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको थियो ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो  । त्यसपछि दुवै पार्टीले आन्तरिक बैठक बोलाएर सहमति अनुमोदन गरेका हुन् । 

गत असोज १७ गते चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए । 

 

भोलिको कार्यसूचि छ

विहान ८ बजे मदन स्ृमति दिवस मनाउने
१० बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने
११ बजे एमालेको केन्द्रीय समितिको बैठक बस्ने
१ बजे माओवादी केन्द्रीय कार्यलय बैठक बस्ने
३ बजे सकेसम्म एकीकृत पार्टी दर्ताका लागि निर्वाचन आयोग जाने
४ बजे पत्रकार सम्मेलन गरेर एकताको घोषणा गर्ने

थप घटनाक्रम

-यसैगरी, एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५औँ स्मृति दिवसमा जेठ ३ गते मदननगर बल्खुमा हुने कार्यक्रममा एमालेका अध्यक्ष ओलीसहित केन्द्रका अध्यक्ष प्रचण्ड पनि सहभागी हुने भएका छन् । एमाले केन्द्रीय कार्यालयले दुवै अध्यक्षको आतिथ्यतामा स्मृति दिवस हुने जनाएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । 

-दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवाद लेनिनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सहअध्यक्ष) गर्ने लगायत विषयमा सहमति भइसकेको छ । 

-एमालेले पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नयाँ बन्ने पार्टी केन्द्रीय समितको खाका तयार गरेको हो ।बैठकले प्रस्तावित पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहने निर्णय गरेको छ ।   त्यस्तै  केन्द्रीय समितिमा ४४१ जना रहने निर्णय गरेको छ, जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने निर्णय गरेको हो । पार्टीको चुनाव चिन्ह भने सूर्य रहने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । 

-पछिल्लो पटक वैशाख ९ गते पार्टी एकता गर्ने भनिए पनि टरेको थियो । त्यसपछि नेताहरूबीच दूरी बढ्दै गएको थियो ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि एकता थप भाँडिएको सन्देश नजाओस् भनेर दुवै पार्टीका नेताहरूले एकतामा जोड दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप