बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक संरक्षण पाएका सुन तस्करहरू मालामाल छन् : मुख्यमन्त्री राउत

बुधबार, ०२ जेठ २०७५, २० : ४८
बुधबार, ०२ जेठ २०७५

काठमाडौँ । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले नीति निर्माण तहमा पुगेका व्यक्तिहरूको नियत ठीक नभएका कारण व्यापारीहरूले सोचे जस्तो आर्थिक उन्नति हासिल गर्न नसकेको बताएका छन् । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आज आयोजना गरेको निर्यात प्रबद्र्धन तथा आयात प्रतिस्थापनमा आभूषण क्षेत्रको योगदान, संभावना तथा उपाय विषयको राष्टिय सम्मेलनमा मुख्यमन्त्री राउतले बाउबाजेको श्रीसम्पत्तिबाट सुनचाँदी तथा आभूषण र रत्नको कारोबार गर्दै आएका व्यवसायीले लाखौं मानिसलाई रोजगारी प्रदान गर्दै आएको बताए । 

मुख्यमन्त्री राउतले थपे, ‘राजनीतिक संरक्षण पाएका सुन तस्करहरू मालामाल छन् । तर बाउबाजेको श्रीसम्पत्ति लगानी गरी व्यवसाय सञ्चालन गर्दै आएका सुन व्यवसायी दुःखी जीवन बिताउँदै छन् ।’ 

उनले भने, ‘देश विकास गर्ने हो भने व्यवसायी तथा उद्यमीलाई व्यवसाय गर्ने अवसर दिनुपर्छ । आर्थिक समृद्धिको नारा छाट्दैमा समृद्ध देश बन्दैन ।’ 

प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले वर्तमान सरकार नयाँ सोच र चिन्तनका साथ अघि बढिसकेकाले देश समृद्ध हुने र देशभित्र लगानी बढ्दै जाने बताए । 

विगतका दिनमा पहुँचका आधारमा काम हुने तर पद्धतिका आधारमा काम नभएकाले देश पछाडि परेको उनको टिप्पणी थियो । 

प्रदेश नंं १ का मख्यमन्त्री शेरधन राईले नयाँ जगमा देश उभिसकेकाले अब विकासको कामले गति पाउने र जनताको आकाँंक्षा छिट्टै पूरा हुने बताए । 

नेपालमा भएका रत्न तथा पत्थर खानीको अन्वेषण गर्नुपर्ने उनको सुझाव थियो । 

नेपाल राष्ट बैँकका डेपुटी गर्भनर चिन्तामुनि शिवाकोटीले आभूषण व्यवसायीले व्यावसायिक ढंगले गहना उत्पादन गरी विदेशमा निर्यात गरे राष्ट्र बैंकले जति पनि सुन उपलब्ध गराउने वचन दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप