शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ठूलो परिमाणमा गाँजासहित दुई जना पक्राउ

बुधबार, ०२ जेठ २०७५, २० : ३७
बुधबार, ०२ जेठ २०७५

हेटौँडा । ठूलो परिमाणमा गाँजासहित मकवानपुर प्रहरीले आज बिहान दुईजनालाई पक्राउ गरेको छ । 

जिल्लाको राक्सिराङ गाउँपालिका–४ का सुदीप कोइराला र रामकृष्ण ब्लोनलाई उनीहरुको घरमा राखिएको गाँजासहित पक्राउ गरेको हो । 

कोइरालाको घरबाट छवटा बोरामा राखेको १५० केजी र ब्लोन घरबाट १६ केजी ८०० ग्राम गाँजासहित उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । 

उनीहरुलाई पक्राउ गर्ने क्रममा केही व्यक्तिले अवरोध गर्न खोजेपछि प्रहरीले एक राउन्ड हवाइ फायरसमेत गरेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप