बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

शौचालय निर्माणका लागि खुला स्थान पहिचान गर्न कामापाको निर्देशन

बुधबार, ०२ जेठ २०७५, २० : ३४
बुधबार, ०२ जेठ २०७५

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणका लागि प्रत्येक वडालाई खुला स्थान पहिचान गरी जानकारी दिन निर्देशन दिएको छ । 

कामपाका सूचना अधिकारी वसन्त आचार्यका अनुसार गत वैशाख १२ गते कामपाको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । 

उनले भने, “कामपामा शौचालयको आवश्यकता छ तर कुन कुन स्थानमा निर्माण गर्ने भन्ने यकिन नभएकाले ३२ वटै वडालाई स्थान पहिचान गर्न निर्देशन दिइएको हो ।” 

कामपाले यसअघि ४४ स्थानमा शौचालय निर्माण गर्ने भने पनि राजधानीका अत्यन्त व्यस्त स्थानमा अझै पनि शौचालय नबनिसकेकाले वडालाई उपयुक्त स्थान पहिचानका लागि जिम्मा दिइएको हो । 

वडाबाट सिफारिश आएपछि मात्र कामपाले लागतसहितको डिजाइन तयार गर्नेछ । 

यो कामपाको दुई वर्षअघिकै योजना भए पनि अब भने तीव्ररुपमा काम हुने सूचना अधिकारी आचार्यले जानकारी दिए । 

उनले भने, “सस्तो, सानो स्थान ओगट्ने र छिटो निर्माण हुने शौचालय निर्माण गर्ने कामपाको प्रयास हुनेछ । सबै वडामा बनाउनै पर्छ भन्ने छैन तर आवश्यक परेको सबै स्थानमा निर्माण गरिने छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप