स्टिल, सिमेन्ट र उर्जा क्षेत्रको औद्योगिक बिकास बारे “नेपाल ट्रेड समिट” भोलीबाट
काठमाण्डौ । स्टिल, सिमेन्ट र उर्जा क्षेत्रमा काम गर्ने उद्योगी, व्यवसायीहरु एवं सरोकारवालाहरुलाई एउटै साझा थलोमा ल्याई व्यवसायिक अन्र्तक्रिया गराउने उदेश्यले नेपाल टे«ड समिटको आयोजना हुने भएको छ । स्टिलमिन्ट इभेन्टस् इन्डियाले आयोजना गरेको यस कार्यक्रममा नेपाल र क्षिमेकी मुलुकका स्टिल, सिमेन्ट र उर्जा क्षेत्रका औद्योगिक बिकास बारे जानकारी दिइने छ ।
यहि जेठ ३ र ४ गते होटल सोल्टीमा नेपाल ट्रेड समिटको आयोजना हुने भएको हो । नेपाल, भारत लगायत ७ राष्ट्रका प्रतिष्ठित स्टिल उद्योगीहरु, सिमेन्ट र उर्जा उत्पादकहरुको बिशेष सहभागिता रहने यस कार्यक्रममा ३०० भन्दा बढि प्रतिनीधीहरु, २५ भन्दा बढि प्रर्दशनकत्र्ता रहने आयोजकको भनाई छ । जेठ ३ गते साँझ प्राबिधिक सत्र हुने र ४ गते शुक्रबार बिहान ८ः३० बजे अर्थमन्त्री डा. युवराज खतिवडाले प्रमुख अतिथीको रुपमा समिटको उद्घाटन गर्नेछन् । नेपालका प्रतिष्ठित उद्योगीहरु प्रदिप कुमार श्रेष्ठ (उपाध्यक्ष क्यासी), हरि भक्त शर्मा लगायत लगानी बोर्डका कार्यकारी महाप्रसाद अधिकारी त्यसै गरि भारतीय तथा अन्य देशका प्रतिष्ठित प्रतिष्ठानहरुका प्रतिनिधीहरुबाट कार्यपत्र प्रस्तुत गर्नेछन् ।
समिटमा चिन तथा अन्य मुलुकहरुबाट प्राप्त हुन सक्ने कच्चा पदार्थको मुल्याङ्कन, यस उद्योग क्षेत्रमा नयाँ अवसर, भावी दिनमा हुने कच्चा पदार्थको माग र आपूर्तीको अवस्थो, निमार्ण क्षेत्रका समस्यालाई सम्बोधन गर्ने लगायत यस क्षेत्रको प्राबिधिक ज्ञानको बारे जानकारी गराइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको विकट खतेन गाउँमा विद्युत सेवा विस्तार
-
फोनपेको अन्तर–आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरू डिजिटल वालेट
-
दिल्ली क्यापिटल्सले २० रनले हरायो राजस्थान रोयल्सलाई
-
वनमा आगो लगाएको अभियोगमा दुई जना पक्राउ
-
सुदूरपश्चिम सरकार विवाद पूर्ण इजलासमा पठाइयो
-
२८ अर्ब ३२ करोडको सिलिङ, भौतिकले मात्रै माग्यो १६ अर्ब, सिँचाइलाई चाहियो ४० अर्ब