बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेको निर्णयः एकीकृत पार्टीको केन्द्रीय समिति ४४१ सदस्य, चुनाव चिन्ह सूर्य

बुधबार, ०२ जेठ २०७५, १९ : ३८
बुधबार, ०२ जेठ २०७५

काठमाडौं– नेकपा एमालेले पार्टी एकतापछि निर्माण हुने नयाँ पार्टीको केन्द्रीय समितिको खाका तयार गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नयाँ बन्ने पार्टी केन्द्रीय समितको खाका तयार गरेको हो ।

बैठकले प्रस्तावित पार्टीको स्थायी समितिमा ४३ जना रहने निर्णय गरेको छ । जसमा एमालेको तर्फबाट २५ जना रहने र माओवादी केन्द्रको तर्फ १८ जना रहने निर्णय गरेको छ ।   त्यस्तै  केन्द्रीय समितिमा ४४१ जना रहने निर्णय गरेको छ, जसमा एमालेको तर्फबाट २ सय ४१ र माओवादी केन्द्रको तर्फबाट २ सय जना रहने निर्णय गरेको हो । पार्टीको चुनाव चिन्ह भने सूर्य रहने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार भोलीनै निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गर्ने तयारी गरिएको छ । 

त्यस्तै, उपाध्यक्ष वामदेव गौतमले भोलीनै पार्टी एकता हुने बताएका छन् । बैठक सकिएलगत्तै बाहिरिने क्रममा  उपाध्यक्ष गौतमले भने, बिहीबार बिहान पार्टी एकता संयोजक समितिको बैठक बस्छ र दिउँसोसम्ममा पार्टी एकताको घोषणा हुन्छ ।  

यसअघि आज विहान  प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबीच अन्तिम छलफल भएपछि भोलि पार्टी एकता गर्ने सहमति बनेको थियो । भोली एमालेका दिवंगत नेता स्व.मदन भण्डारीको २५ औं स्मृति दिवस समेत हो ।  बिहान प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्ता भएको थियो  । 

विहानको वान टू वान बैठकपछि ओली र प्रचण्डले हर्षित मुद्रामा फोटो खिचाएका थिए ।  भोली हुने  ‘पार्टी एकता घोषणाका लागि दुवै पार्टीले आन्तरिक तयारीलाई तिव्र पारेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप