शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओपोद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिकोे ५जी भिडियो कल ‘डेमो’को घोषणा

बुधबार, ०२ जेठ २०७५, १९ : ३९
बुधबार, ०२ जेठ २०७५

काठमाडौं । ओपो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (शेन्जेन)ले कम्पनीद्वारा थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी विश्वकै पहिलो ५जी भिडियो कल डेमोको सफल परिक्षणकोे घोषणा गरेको छ । परिक्षण मार्फत रिमोट रिसिभरमा  ओपोको एक फोनमा निहित स्ट्रक्चर्ड लाइट थ्रीडी क्यामेरा र क्वालकम टेक्नोलोजिज्द्वारा विकसित ५जी एनआर टर्मिनल प्राटोटाइप मार्फत थ्रीडी पोट्र्रेट छवि प्रकाशित गरिएको थियो । यो नवप्रबर्तनात्मक प्रविधिको सफल परिक्षणलाई ५जी प्रविधिको औद्योगिकरुपमा वास्तविक अभ्यासहरुमा उतार्ने र उपयोगिताका बारेमा जान्ने कार्यमा नयाँ कोशेढुंगाका रुपमा लिइएको छ । 

ओपोद्वारा आयोजना गरिएको थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधि मार्फत ५जी भिडियो कल परिक्षणका लागि स्ट्रक्चर्ड लाइट क्यामेरा सहितको कस्टमाइज्ड ओपो आर ११ एसको प्रयोग गरिएको थियो । परिक्षण मार्फत आरजीबी र फोनको स्ट्रक्चर्ड लाइट क्यामेराको प्रयोगद्वारा लक्षित विषयको रंग र थ्रीडी डेफ्ट ईन्फरमेसन संकलन गरिएको थियो । यसरी संकलित सुचना, ५जी वातावरणमा ट्रान्समिट गरी अन्त्यमा लक्षित विषयलाई रिमोट डिस्प्ले स्क्रिनमा प्रस्तुत गरिएको थियो । 

ओपो रिसर्च ईन्स्टिच्यूटको हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियानले भने ‘थ्रीडी स्ट्रक्चर लाइट प्रविधिको प्रयोगद्वारा गरिएको सफल ५जी भिडियो कलले उपभोक्ताका आवश्यकता बुझ्दै नवप्रबर्तन उन्मुख हाम्रो दिशालाई प्रतिबिम्बित गर्छ । ओपोले स्मार्टफोनमा थ्रीडी स्ट्रक्चर्ड लाएट प्रविधिको उपयोगितालाई ब्यवसायिकिकरण गर्दै उपभोक्ताका लागि यो अत्याधुनिक प्रविधि करिव ६ महिना भित्रै उपलब्ध गराउने छ । ’
‘करिव ३ बर्ष अघिदेखि ओपो ५जी रिसर्च तथा डेभलपमेण्ट तथा ५जी उत्पादनको विकासका लागि अन्तरराष्ट्रिय मानक निर्धारण कार्यमा सक्रिय रुपले लागि रहेको छ । सन् २०१९ सम्ममा ५जी ह्याण्डसेट सार्वजनिक गर्ने पहिलो स्मार्टफोन निर्माता बन्न लागि परेको  स्ट्यान्डराइजेसन रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक ट्यांग हाईले बताए ।

सफ्टवेयर रिसर्च गु्रप अफ ओपो रिसर्च ईन्स्टिच्यूटका निर्देशक शन यानका अनुसार मोबाइल ईन्टरनेटले भौतिक र डिजिटल विश्व विचको सिमालाई धमिल्याउँदै लगिरहेको बताए । थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको उपयोग गर्दै प्रयोगकर्तालाई अदृत्तिय मोबाइल अनुभव प्रदान गर्ने उनले बताएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप