बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एन आई सी एशिया क्यापिटलद्वारा लगानी व्यवस्थापन कार्यशाला संचालन, क्यापिटल एक्सपो २०७५ मा सहभागीता

बुधबार, ०२ जेठ २०७५, १९ : २९
बुधबार, ०२ जेठ २०७५

काठमाडौं । लगानीका व्यवहारीक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराउँदै एन आई सी एशिया क्यापिटल द्वारा एक दिने निस्शुल्क कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त “ग” वर्गका वित्तीय संस्थाहरुलाई लगानी व्यवस्थापन सम्बन्धी निर्णय क्षमता अभिवृद्धि गराउन एक दिने निस्शुल्क कार्यशाला गोष्ठी सम्पन्न गरेको क्यापिटलले जनाएको छ ।

कार्यशालामा २० भन्दा बढी संख्यामा “ग” वर्गका वित्तीय संस्थाहरुका वित्त व्यवस्थापन, तथा कोष व्यवस्थापन विभागमा विभिन्न तहमा कार्यरत प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थागत जोखिम न्यूनिकरण गर्न वित्तीय संस्थाहरुले लगानीमा तय गर्नु पर्ने निश्चित मार्ग(चित्र, तथा समय सापेक्ष रुपमा लगानीका आधारहरु परिमार्जन गर्ने तरीकाहरुका बारेमा कार्यशाला केन्द्रित रहेको थियो । 

साथै, एन आई सी एशिया क्यापिटलले धितोपत्र बोर्डद्वारा आयोजित क्यापिटल एक्सपो २०७५ मा सहभागिता जनाएको छ । सो प्रदर्शनीमा राखिएको एन आई सी एशिया क्यापिटलको स्टलमा प्रत्यक्ष अवलोकन गर्न आएका २५०० भन्दा बढि सहभागीले एन आई सी एशिया क्यापिटलले प्रदान गर्ने सेवाको जानकारीे लिनका साथै लगानीका विषयमा अन्तरक्रिया गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप