बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मंगलबार मेक्सिकोमा मारिए पत्रकार

बुधबार, ०२ जेठ २०७५, १९ : २३
बुधबार, ०२ जेठ २०७५

मेक्सिको । मेक्सिकोमा मङ्गलबार एक पत्रकारको हत्या भएको छ । 

मेक्सिकोको राजधानी शहर मेक्सिको सिटीबाट दक्षिणपश्चिममा पर्ने राज्य ताबास्को भिल्लाहेर्मोसामा आफ्नै घरको नजिक बसेका ती पत्रकारको हत्या भएको हो । 

जुआन क्यार्लोस् हुएर्टा नामक स्थानीय रेडियोको समाचारदाताका रुपमा कार्यरत थिए । 

हुएर्टालाई एकजना सशस्त्र हतियारधारीले आक्रमण गरेको थियो । उनी ४५ वर्षको थिए । विश्वको अन्य देशको तुलनामा मेक्सिकोमा पत्रकारको हत्या बढी हुने गर्दछ । 

यस वर्षको शुरुदेखि हालसम्म मेक्सिकोमा तीन जना पत्रकारको हत्या भइसकेको छ । तर यहाँका पत्रकारका हत्यारामाथि कारबाही नहुँदा दण्डहीनता बढेको बताइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप