शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सत्ता पक्षलाई कांग्रेसको आग्रहः प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली सहमतिमै पारित गरौं

बुधबार, ०२ जेठ २०७५, १८ : ५७
बुधबार, ०२ जेठ २०७५

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली सहमतिमै पारित गर्न सत्ता पक्षसँग आग्रह गरेको छ । काँग्रेस संसदीय दलको बुधबार अपरान्ह सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले बैठकले प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली सहमतिमै पारित गर्न सत्तापक्षसँग आग्रह गरेको हो । 

सत्तारुढ एमालेले फौजदारी अभियोग लागेका सांसदहरुलाई निलम्बन गर्नुपर्ने अडान लिइरहेका बेला काँग्रेस संसदीय दलको बैठकले अडान छोडेर सहमतिमै सो प्रस्ताव पारित गर्न आग्रह गरेको हो । बैठकले अभियोग पुष्टि नभई सांसदहरुलाई निलम्बन गर्न नहुने निष्कर्ष समेत निकालेको छ ।

सहमति अनुसारनै दुवै सदनको नियमावली पारित गर्न सत्ता पक्षलाई आग्रह गरिएको काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । उनले अभियोग लागेका सांसदहरुलाई सेवा, सुविधा नदिने तर आरोप पुष्टि नभई उनीहरुलाई निलम्बन गर्न नहुने पार्टीको अडान पनि दोहोर्याए ।

काँग्रेसले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटका विषयमा ठोस धारणा तय गर्न विज्ञहरुसहितको समिति बनाउने निर्णय पनि गरेको छ । सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे प्रभावकारी रुपमा संसदमा प्रस्तुत हुन सांसदहरुलाई प्रशिक्षित गर्नेगरी विज्ञहरुसहितको समिति बनाउने निर्णय पनि गरिएको प्रमुख सचेतक खाँडले बताए ।

सरकारले आगामी जेठ ७ गते नीति तथा कार्यक्रम ल्याउँदैछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउनेछ । सोही सम्बन्धमा पार्टीको ठोस धारणा तय गर्न काँग्रेस संसदीय दलले आवश्यक गृहकार्य गर्ने निर्णय गरेको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप