शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तीन मुख्यमन्त्रीहरुको प्रतिबद्धताः निजी क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउँछौं

बुधबार, ०२ जेठ २०७५, १८ : ०३
बुधबार, ०२ जेठ २०७५

काठमाडौं– मुख्यमन्त्रीहरुले निजी क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले निजी क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । 

काठमाडौंमा आयोजित नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ५ औं वार्षिक साधारण सभामा बोल्दै तीनै जना मुख्यमन्त्रीहरुले नयाँ नेपाल निर्माणका लागि निजी क्षेत्रका व्यवसायीहरुले नयाँ सोचका साथ अघि बढनुपर्नेमा पनि जोड दिए  । प्रदेश १ का मुख्यमन्त्री राईले नयाँ नेपाल निर्माण अभियान जुटन निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे ।

उनले मुलुकलाई समृद्ध बनाउने संकल्प पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन ढिलाई गर्न नहुनेतर्फ पनि गम्भिर ध्यानाकर्षण गराए । नयाँ नेपाल निर्माणका लागि व्यवसायीहरुले उत्साहका साथ अघि बढने वातावरण मुलुकमा बनेको मुख्यमन्त्री राईको दाबी छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले विगतमा नीति र नियत ठिक नभएका कारण मुलुक पछि परेको उल्लेख गर्दै अब त्यसो हुन नदिने दाबी गरे । मुख्यमन्त्री राउतले प्रदेश २ मा निजी क्षेत्रका व्यवसायीहरुलाई अघि बढाउन आवश्यक वातावरण बनाउने घोषणा पनि गरे ।

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको मर्म अनुसार अघि बढन निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे । उनले निजी क्षेत्रमार्फत् समृद्धि ल्याउने आशा र भरोसा पूरा गर्न व्यवसायीहरु समक्ष हुने विश्वास पनि व्यक्त गरे ।

स्वदेशमै रत्न/पत्थरको उत्खनन्, प्रशोधन गरेर अघि बढने संकल्पसहित महासंघको ५ औं वार्षिक साधारण सभा आयोजना गरिएको छ । साधारण सभाले महासंघको भावी नीति र नेतृत्व पनि चयन गर्नेछ । महासंघका अध्यक्ष रमेश महर्जनले नयाँ नेतृत्वले संघीयताको मर्म अनुसार सुनचाँदी व्यवसायलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप