शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबार सेयर बजार बढे पनि कारोबारमा किन देखिएन उत्साह ?

बुधबार, ०२ जेठ २०७५, १६ : ४९
बुधबार, ०२ जेठ २०७५

काठमाडौं–बुधबार नेप्से परिसुचक ४.१६ अंकले बढेर १३३८.०१ बिन्दु कायम भएको छ ।  कारोबारमा आएका १५८ कम्पनीको २२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।  बजार समग्रमा ०.३१ प्रतिशतले बढेको हो ।  फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै कम्पनीमा हरियाली देखिएको छ ।

 फाइनान्स समुह २.८४ अंकले घटेको छ भने उत्पादन तथा प्रशोधन तर्फ ६.८४ अंकले गिरावट आएको छ ।  आज सबैभन्दा बढी होटल समुह ४६.१४ अंकले बढेको छ भने माइक्रोफाइनान्स तर्फ २२.८४ अंकको बृद्धि भएको छ ।  यता जलविद्युत तर्फ १३.१३ अंकको बृद्धि भएको हो ।

बजार बढ्दा सबैभन्दा बढी  वमी माइक्रो फाइनान्सको १ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।  दोस्रोमा नेपार दुसञ्चार कम्पनी (एनटीसी) को बढी कारोबार भएको छ ।  एनटीसीको ८२ लाख ५३ हजार रुपैयाँको कारोबार भएको हो ।  मंगलबारको तुलनामा बजार बढेपनि कारोबार भने सन्तोषजनक देखि छैन । अहिले लगानीकर्ताहरु केवासी अपडेट गराइरहेका छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप