शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सर्पले महिलालाई टोक्यो, महिलाले सर्पलाईः दुबैको मृत्यु

सोमबार, २६ असार २०७४, १३ : १५
सोमबार, २६ असार २०७४

इन्डियन एक्सप्रेस

भारतको बिहारस्थित गोपालगञ्जमा एक महिलालाई विषालु सर्पले टोकेका कारण मृत्यु भएको छ । ती महिलाले आफूलाई टोक्ने सर्पलाई पनि बारम्बार टोकेको बताइएको छ । उपचारको क्रममा सदर अस्पतालमा मृत्यु हुनुपूर्व उनले गाउँलेको आग्रहमा सर्पलाई पनि टोकी टोकी मारेको बताइएको छ ।

घटना सयापुर गाउँको हो । नरेश चौबेकी ५० वर्षीया रजन्ती देवीलाई सर्पले टोक्यो । ‘सर्पले टोकेपछि सर्पलाई पनि टोके त्यसको विषले कम असर पुर्याउने गाउँलेले बताए,’ चौबेले भने । गाउँलेले उक्त सर्पलाई समाते र ती महिलालाई टोक्न लगाए । सर्पको तत्काल मृत्यु भयो । ‘उनको अवस्था नाजुक भएपछि हामीले उनलाई अस्पताल पुर्यायौं,’ उनले भने । ‘डा. आर के सिंहले अस्पताल ल्याइपुर्याउँदा सम्म विष शरिरभरी फैलिसकेको बताए जसका कारण हामीले उनलाई बचाउन सकेनौं ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप