शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार घोषणा

बुधबार, ०२ जेठ २०७५, १५ : १७
बुधबार, ०२ जेठ २०७५

काठमाडौं– चलचित्र पत्रकार संघ नेपालले यस बर्षको ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार’ घोषणा गरेको छ । आज बसेको कार्यसमितिको बैठकले पुरस्कार र सम्मानको निर्णय गरेको हो ।  संघले जनाएअनुसार यस बर्षको पुरस्कार चलचित्र पत्रकार संघ नेपालका पूर्व उपाध्यक्ष दयाराम पाण्डे र संघका सदस्य, नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा हाल राजधानी दैनिकमा कार्यरत ध्रुव लम्साल दिने भएको छ । 

त्यस्तै, संघका पूर्वउपाध्यक्ष तथा नयाँ पत्रिका दैनिकमा कार्यरत लक्ष्मण सुवेदी र संघकी सदस्य तथा टिभी फिल्मीमा कार्यरत सन्ध्या थापालाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।  चलचित्र पत्रकारितामा देखिएकोे सक्रियता र योगदानको कदर गर्दै सुवेदी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारको रासी २१ हजार नगद, ताम्रपत्र र ट्रफी रहेको छ । 

सोही कार्यक्रममा फिल्मीखबर डटकममा कार्यरत अञ्जान दाहाल (मनिष) लाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार प्रदान गरिदैंछ । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ ।
पुरस्कार र सम्मान संघले आगामी ७ जेठमा हुन गइरहेको १९ औं स्थापना दिवसको अवसरमा प्रदान गर्ने अध्यक्ष सन्दीप सापकोटाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप