शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘बेबी आई लभ यू’ले पनि गर्यो ‘म्युजिकल्ली कम्पिटिसन’को घोषणा

बुधबार, ०२ जेठ २०७५, १५ : ०९
बुधबार, ०२ जेठ २०७५

काठमाडौं – पछिल्लो समय चलचित्र प्रचारका लागि बिभिन्न कम्पिटिसनको ट्रेन चलेको छ । यस्तै १८ जेठबाट प्रदर्शनमा आउने चलचित्र ‘बेबी आई लभ यू’ले पनि ‘म्युजिकल्ली कम्पिटिसन’को घोषणा गरेको छ ।
जनक पाण्डे निर्देशित चलचित्र ‘बेबी आई लभ यू’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिनेछ । म्युजिकल्ली गर्ने उत्कृष्ट एकलाई टिमले नगद रकम सहित पुरस्कृत गर्ने घोषणा गरेको छ । 

निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजारसहित चलचित्रको दुईवटा टिर्सट समेत दिइने निर्माण युनिटले जनाएको छ ।  ‘बेबी आई लभ यू’मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ । सन्तोष र पूजासँगै यसमा सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय देख्न सकिन्छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप