बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो ‘पण्डित बाजेको लौरी’

बुधबार, ०२ जेठ २०७५, १४ : ३१
बुधबार, ०२ जेठ २०७५

काठमाडौं – दिपक ओलीको निर्देशन रहेको चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । बादीको कथामा निर्माण भएको यो चलचित्रले समाजका गहकिला समस्या र घटनालाई समेटेको छ ।
चलचित्रमा विजय बराल ‘बादी’ र सन्ध्या केसी ‘बदेनी’को भूमिका निर्वाह गरेका छन् ।

बादीले जीविको पार्जनको लागि मादल बनाउँछन् भने, बदेनीले आफ्नो शरीर बेच्ने गर्दछन् । तल्लो जात भनेर हेपिने बदिनी र समाजको ठूलो जात पण्डित बीचको सम्वन्ध चलचित्रले प्रस्तुत गर्ने निर्देशक ओलीले बताए ।

अधृत फिल्मस् प्रालीको व्यानरमा थमनकुमार भण्डारी (राज) र किशोर खड्काले संयुक्त रुपमा निर्माण गरेको चलचित्रमा भोलाराज सापकोटा, प्रविन खतिवडा, विजय बराल, प्रमोद अग्रहरी, मरिश्का पोखरेल, सन्ध्या केसी, लोकेन्द्र लेखक, विशाल पहारी, कुलदीप अधिकारी लगायतका कलाकारको अभिनय छ ।

‘पण्डित बाजेको लौरी’मा महेश दवाडीको कथा, पटकथा र संवाद, विदुर पाण्डेको छायाँकन रहेको छ । चलचित्रमा श्रीकृष्ण बम मल्ल र अमित श्रेष्ठको संगीत रहेको छ । चलचित्रको रिलिज मिती साउन ४ गते तोकिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप