शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको नवौं केन्द्रीय परिषद् सम्पन्न

बुधबार, ०२ जेठ २०७५, १४ : ०७
बुधबार, ०२ जेठ २०७५

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको नवौं केन्द्रीय परिषद् सम्पन्न भएको छ । बैशाख ३१ देखि जेष्ठ १ गतेसम्म भक्तपुरमा संचालन भएको परिषद्को उद्घाटन गर्दै संघका अध्यक्ष वेदबहादुर लावतीले ट्रेड युनियन सम्बन्धी अधिकार संवैधानिक भएकाले सवैले युको पालना गर्नुपर्ने बताए । यदी ट्रेड युनियन अधिकारमाथि कसैले हस्तक्षेप गरेमा अन्तर्राष्ट्रिय अदालतसम्म वकालत गर्न सकिने लावतीले बताए ।

नवौं केन्द्रीय परिषद्ले रिक्त रहेको विभिन्न पदमा पदपूर्ती समेत गरेको थियो । बैठकले अध्यक्षमा हेमराज सुवेदी, बरिष्ठ उपाध्यक्षमा रामप्रसाद जोशी, उपाध्यक्षहरुमा बद्रिप्रसाद तिमिल्सिना र रोहित रेग्मी, महासचिवमा लक्ष्मीप्रसाद पाण्डेय, उपमासचिवहरुमा लक्ष्मी ज्ञवाली, र संगम पौडेल, सचिवहरुमा मिना मोक्त्तान, ईश्वर उप्रेती, लुजा श्रेष्ठ र अनिता श्रेष्ठ, कोषध्यक्षमा रविन्द्र चौलागाई, सह कोषाध्यक्षमा श्रवणकुमार सिंह र अन्य केन्द्रीय सदस्यहरुमा परिषद्ले पदपूर्ती गरेको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल बैंक भित्रका सवैभन्दा जेठो ट्रेड युनियन हो । सो कार्यक्रममा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ नेपालका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप