एमाले र माओवादी केन्द्रले एकै समयमा बोलाए बैठक
काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीचको वान टु वान वार्तापछि दुबै पार्टीले आन्तरिक बैठक बोलाएका छन् ।
नेकपा एमालले अपरान्ह ४ बजेको लागि प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएको छ भने माओवादी केन्द्रले पनि सोहि समयमा पार्टी कार्यालयको विस्तारित बैठक बोलाएको छ ।
माओवादी बैठक खुमलटारस्थित प्रचण्ड निवासमा बस्नेछ ।
प्रधानमन्त्री ओलीले बजेटलगायतका विषयमा छलफल गरेर अघि बढ्ने प्रतिबद्धता जनाएपछि केहि दिनयता देखिएको विवाद साम्य भएको बताइएको छ ।
दुई पार्टीको एकै समयमा बस्ने बैठकमा पार्टी एकताका सन्दर्भमा छलफल हुनेछ ।
यसअघि प्रचण्ड ओलीबीचको वान टु वान वार्तामा बिहिबार बिहान १० बजेको लागि पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति भएको थियो ।
एमाले नेता विष्णु पौडेलले पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन भोलि विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको जानकारी दिएका छन् ।
उनले पार्टी एकता संयोजन समितिले दुई दलबीचको कार्यप्रगतिलाई आधार बनाएर पार्टी एकताको टुंगो लगाउने पनि स्पष्ट पारे ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी एकताका लागि आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको बताए ।
उनले दुई नेताहरुबीच भएको कार्यप्रगति विवरणबारे छलफल गरेर पार्टी एकता संयोजन समितिले आवश्यक निर्णय लिने पनि उल्लेख गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओली र दाहालबीच पार्टी एकता गर्न ढिलाई गर्न नहुनेमा सहमति भएको स्रोतले बताएको छ ।
पार्टी एकतामा ढिलाई हुँदा गलत सन्देश गएको निष्कर्ष निकाल्दै दुवै नेताले पार्टी एकताको मिति समेत तय गर्नेगरी आवश्यक निर्णय लिन भोली एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको पनि स्रोतको दावी छ ।
मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले २ दिनको समय राखेर पार्टी एकता गर्ने योजना अघि सारेका थिए ।
विहिबार मदन भण्डारी स्मृति दिवसको अवसर पारेर पार्टी एकताको मिति घोषणा गर्न सक्ने आकलन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
-
जनकपुरधाममा अव्यवस्थित पार्किङले सास्ती, व्यवस्थापनको पर्खाइमा सर्वसाधारण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण