शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डलर मजबुत बन्दै, मूल्य बृद्धिको जोखिममा नेपाली

बुधबार, ०२ जेठ २०७५, १३ : २१
बुधबार, ०२ जेठ २०७५

काठमाडौं– विश्वबजारमा डलरको मूल्य बढेसँगै नेपालीहरुले पनि महंगो मूल्यमा डलर खरिद गर्नुपर्ने बाध्यता सृजना भएको छ । 

बुधबारमात्रै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाको लागि डलर किनबेच गर्न दिने सन्दर्भ मूल्य अनुसार एक डलरको लागि खरिददर भने १ सय ८ रुपैया ६२ पैसा छ । 

डलरको खरिददर २६ दिनमै २.२६ रुपैयाँले बढेको हो । अमेरीकि एक डलरको बिक्रिदर १ सय ९ रुपैयाँ २२ पैसा पुगेको छ । 

गत वर्ष आजकै दिन अर्थात मे १६ मा  १ डलरको खरिददर १ सय २ रुपैयाँ २७ पैसा थियो भने बिक्रिदर १ सय २ रुपैयाँ ८७ पैसा थियो । 

यसको तुलनामा अहिले डलर ६ रुपैयाँ ३५ पैसाले बढेको हो । नेपाली मुद्राको तुलनामा डलर थप मजबुत बन्दै गएको छ । 

 भारतीय रुपैयाँको अवमूल्यन हुन थालेपछि यसको असर नेपाली रुपैयाँमा पर्ने गर्छ । नेपाली रुपैयाँ र भारुबिच स्थिर विनिमयदर (फिक्स्ड पेग) भएका कारण भारु कमजोर हुनेवित्तिकै त्यसको असर नेपाली मूद्रामा पर्ने गर्छ  ।  

डलर महंगो हुँदा विदेशबाट आयातित सामानको लागत बढेर  मुल्य बृद्धि हुन्छ । राज्यले दातृनिकायसंग लिएको ऋण को भार पनि बढ्न । अन्र्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य समेत पर्छ । 

यस्तै बुधबार एक युरोपियन डलरको खरिददर १ सय २९ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२९.८२ रुपैयाँ छ । 

अन्य विदेशी मुद्राको विनिमयदर यस्तो छ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप