बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अत्याधिक सेक्सका कारण यो प्रजाती भइरहेछ गायब !

बुधबार, ०२ जेठ २०७५, १३ : ०८
बुधबार, ०२ जेठ २०७५

अष्ट्रेलियामा पाइने मास्र्युपियल प्रजातीको जीवका दुई भालेको केही दिनअघि सेक्सपश्चात् मृत्यु भयो । अष्ट्रेलियाको दैनिक पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार वैज्ञानिकले यसलाई अब लोपोन्मुख जीवको श्रेणीमा राख्ने निर्णय गरेको छ । भविष्यका लागि यो प्रजातीको जीवलाई बचाएर राख्नुपर्ने वैज्ञानिकको उद्देश्य भएको बताइएको छ ।

सन् २०१३ मा पहिलो पटक यो प्रजातीको खोजी गरिएको थियो । कालो पुच्छर र खरानी रंगको शरिर भएको यो जीवको विशेषता यो अत्यधिक सेक्समा रुची राख्छन् । अत्यधिक सेक्सका कारण थुप्रै पटक उनीहरुको मृत्यु पनि हुने गरेको छ । यसका कारण उनीहरुको सेक्सको प्रवृत्तिलाई वैज्ञानिकले सूसाइडको संज्ञा दिएका छन् । यो प्रजातीले दिनमा १४ घण्टासम्म सेक्स गर्ने क्षमता राख्छन् ।

क्विन्सल्याण्ड युनिभर्सिटीका वैज्ञानिक एन्ड्रयू बेकर भन्छन्, ‘यो जीव हदभन्दा बढि सेक्स गर्छन् । त्यसकारण उनीहरु सँधै एक पार्टनरपछि अर्को पार्टनरको खोजीमा हुन्छन् । यो पूरा प्रक्रिया निकै थकान दिने हुन्छ र यसको असर उनीहरुमाथी पनि पर्छ । थुप्रै पटक लगातार सेक्सका कारण उनीहरुको शरिरमा चोट लाग्छ तर पनि उनीहरु रोकिँदैनन् ।’

वैज्ञानिकका अनुसार अत्यधिक सेक्सका कारण उनीहरुको शरिरबाट अत्यधिक मात्रामा हर्मोन्स निस्कने गर्दछ । एक समयपछि उनीहरु आफूलाइ नियन्त्रण गर्न सक्दैनन् जसका कारण उनीहरुको ज्यानै जाने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप