शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिण्डीबाट यसरी बनाउनुहोस् ‘ओकरा वाटर’: मोटोपना, मधुमेह र कोलेस्ट्रोलबाट छुट्टी

बुधबार, ०२ जेठ २०७५, १२ : ०४
बुधबार, ०२ जेठ २०७५

भिण्डीलाई एक सुपरफुड मानिन्छ किनभने यसमा अनेकन पौष्टिक तत्व पाइन्छन् । यसमा प्रोटिन, रेशा, कार्बोहाइड्रेट, क्याल्सियम, फस्फोरस, आइरन, म्याग्नेशियम, पोटासियम, सोडियम र आइरन पाइन्छ । मधुमेह रोगीका लागि भिण्डी विशेष लाभकारी छ किनभने यसमा फाइबरको मात्रा भरपुर हुन्छ । सोलुबल फाइबर हुने भएकाले भिण्डीले ग्लूकोजलाई रगतमा घुल्ने प्रक्रियालाई स्लो बनाउँछ जसले रगतमा सुगरको मात्रा घटाउँछ । यसका साथै फाइबरयुक्त आहारको सेवनले हाम्रो आन्द्रामा जमेको फोहोर सफा हुन्छ र पाचन क्रिया ठिक राख्छ ।

भिण्डीलाई केही देशमा ओकरा पनि भनिन्छ । भिण्डीबाट बन्ने यो पेय पदार्थको सेवनले मधुमेह, कोलेस्ट्रोल र मोटोपनाजस्ता समस्याबाट राहत प्रदान गर्छ ।

कसरी बनाउने ‘ओकरा वाटर’

सबैभन्दा पहिले ४–७ वटा मध्यम आकारको भिण्डी लिनुहोस् र राम्रोसँग धुनुहोस् ।

यसलाई ठाडो गरेर चिर्नुहोस् ।

अब यी काटिएका भिण्डीलाई एउटा भाँडोमा राख्नुहोस् । त्यसमा १ देखि १.५ लिटर पानी हाल्नुहोस् ।

तपाईंले उक्त भाँडालाई पातलो कपडाले छोप्नुहोस् ता कि यसमा हावा पास हुन सकोस् ।

उक्त पानीमा भिण्डीलाई ८ देखि २४ घण्टासम्म डुबाउनुहोस् ।

त्यसपछि पानीबाट भिण्डी निकाल्नुहोस् र यसको सबै चिप्लोपना निस्कने गरी निचोर्नुहोस् ।

त्यसपछि भिण्डी फ्याँक्नुहोस् र पानी पिउनुहोस् ।

भिण्डीबाट बन्ने यो ‘ओकरा वाटर’ ले थुप्रै गम्भीर रोगमा फाइदा पुर्याउँछ । यसले मधुमेहलाई नियन्त्रण गर्दछ । शरिरको कोलेस्ट्रोल कम गर्छ र मृगौला रोगबाट बचाउँछ । यदि तपाईं यसको नियमित सेवन गर्नुहुन्छ भने यसले तौल घटाउन पनि सहयोग गर्दछ र शरिरलाई स्वस्थ राख्न सहयोग गर्दछ । यो ओकरा वाटरलाई बिहान खाली पेटमा पिउनुहोस् र त्यसको आधा घण्टापछि मात्र नास्ता गर्नुहोस् ।

किन फाइदाजनक छ भिण्डीको पानी ?

भिण्डी पौष्टिक तत्वको भण्डार हो त्यसकारण यसको पानीले शरिरलाई विभिन्न प्रकारको लाभ प्रदान गर्छ । यदि तपाईंले एक ग्लास ओकरा वाटर पिउनुहुन्छ भने यसले शरिरलाईः

८० माइक्रोग्राम फोलेट

६० मिलिग्राम म्याग्नेशियम

३० क्यालोरी

२१ ग्राम भिटामिन सी

६ ग्राम कार्बोहाइड्रेट

३ ग्राम डाइट्री फाइबर

२ ग्राम प्रोटिन

१ ग्राम फ्याट

प्रदान गर्छ ।

थकान र आलस्यतामा राख्छ टाढाः

यदि तपाईंले यदि ओकरा वाटरको नियमित सेवन गर्नुहुन्छ भने तपाईंले कुनै पनि मल्टिभिटामिन वा इनर्जी ड्रिक लिन आवश्यक छैन किनभने यो पानीमा पहिले नै सबै तत्व पाइन्छन् जसले तपाईंलाई दिनभरी ऊर्जावान् बनाइराख्छ ।

एन्टीअक्सिडेन्टको खानीः

भिण्डी एन्टीअक्सिडेन्टको खानी हो जसले मधुमेहका साथै मुटुरोगबाट जोगाउँछ । भिण्डीमा पाइने एन्टीअक्सिडेन्ट फ्रि रेडिकल भएका कारण शरिरको आन्तरिक अंगलाई स्वस्थ राख्छ । यसको एन्टीअक्सिडेन्टका कारण क्यान्सर सेल विकासको गती स्लो हुन्छ त्यसकारण क्यान्सर रोगीका लागि यसले निकै फाइदा पुर्याउँछ ।

मधुमेहमा इन्सुलिनका लागि भिण्डीः

भिण्डीमा यस्ता विभिन्न तत्व छन् जसले इन्सुलिनको उत्पादनमा सहयोग पुर्याउँछ । कार्बोहाइड्रेटबाट ग्लूकोजलाई अलग्गाउनका लागि हाम्रो शरिरलाई एक हर्मोनको आवश्यकता हुन्छ जसलाई इन्सुलिन भनिन्छ । हाम्रो शरिरमा इन्सुलिनको कमीले मधुमेह हुने गर्दछ । भिण्डीले पेटमा बीटा सेल्सलाई सुधारेर इन्सुलिनको उत्पादनमा वृद्धि गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप