सकियो ‘वान टु वान’ : भोलि एकता समितिको बैठक आह्वान
काठमाडौं–एमाले र माओवादी केन्द्रबीचको एकतालाई टुंगोमा पु¥याउन बिहिबार पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।
प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार विहान छलफल गरेपछि पार्टी एकता संयोजन समितिको बैठक विहिबार विहान १० बजेका लागि बोलाइएको हो ।
पार्टी एकताका सम्बन्धमा दुई नेताबीच भएको कार्य प्रगतिका विषयमा छलफल गरी आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरिएको नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।
उनले पार्टी एकता संयोजन समितिले दुई दलबीचको कार्यप्रगतिलाई आधार बनाएर पार्टी एकताको टुंगो लगाउने पनि स्पष्ट पारे । माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टी एकताका लागि आवश्यक निर्णय लिन भोली विहान पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको बताए ।
उनले दुई नेताहरुबीच भएको कार्यप्रगति विवरणबारे छलफल गरेर पार्टी एकता संयोजन समितिले आवश्यक निर्णय लिने पनि उल्लेख गरे ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओली र दाहालबीच पार्टी एकता गर्न ढिलाई गर्न नहुनेमा सहमति भएको स्रोतले बताएको छ ।
पार्टी एकतामा ढिलाई हुँदा गलत सन्देश गएको निष्कर्ष निकाल्दै दुवै नेताले पार्टी एकताको मिति समेत तय गर्नेगरी आवश्यक निर्णय लिन भोली एकता संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको पनि स्रोतको दावी छ ।
मंगलबार एक कार्यक्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले २ दिनको समय राखेर पार्टी एकता गर्ने योजना अघि सारेका थिए ।
विहिबार मदन भण्डारी स्मृति दिवसको अवसर पारेर पार्टी एकताको मिति घोषणा गर्न सक्ने आकलन गरिएको छ । एमालेले पार्टी एकताको मिति तय गर्ने एजेन्डामा छलफल गर्न बुधबार अपरान्ह पार्टी स्थायी समिति बैठक समेत बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’
-
वायनाडमा प्रियङ्का गान्धीलाई तीन लाखभन्दा बढी मतको अग्रता
-
नेपालमा भ्रष्टाचार कोरोना भाइरस जस्तै फैलिएको छ : विप्लव
-
धनीहरूको क्लबमा ‘इगो प्रोब्लम’, शेष घले भर्सेस बद्री केसी !
-
कर दिवस : जनकपुरमा उत्कृष्ट चार उद्योग सम्मानित
-
इन्भेस्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्रावधान