मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बृहद् महाभारत पदमार्गकोे  दोस्रो खण्डका लागि टोली प्रस्थान

बुधबार, ०२ जेठ २०७५, ११ : ३५
बुधबार, ०२ जेठ २०७५

काठमाडौं–बृहद् महाभारत पदमार्गको ऐतिहासिक सिन्धुलीगढीदेखि फिक्कल खण्डको अध्ययन गर्न समृद्ध सिन्धुली अभियानको टोली त्यसतर्फ प्रस्थान गरेको छ । 

अध्ययन टोलीले चैतमा काभ्रेको नमोबुद्धदेखि सिन्धुलीगढीसम्म महाभारत डाडैंडाडाँ नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गरेको थियो । ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गर्ने छ । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङ्कनकर्तालगायतका विज्ञहरु सहभागी छन् ।

समृद्ध सिन्धुली अभियानको टोलीले पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा भएर हुन सक्ने नयाँ पदमार्गको खोजी गर्ने अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए ।  

राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिन्छ । यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुंगी र बनस्पत्ति अध्ययनमा उपयोग गर्न सकिने अभियानको यसअघिको अध्ययनले देखाएको संयोजक लीलानाथ घिमिरेले बताए । 

बाटोमा पर्ने गाउँहरुमा होमस्टे संचालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउने अभियानको उद्देश्य रहेको अर्का अभियन्ता दीपक श्रेष्ठले बताए । 

यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, बनस्पति, सार्बजनिक स्थलहरु, झरना, गुफालगयातका हेर्नलायक स्थलहरु, होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गर्ने अभियानले जनाएको छ ।  अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटल, एनालग नक्सा, फोटो, भिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरु संकलन गरिने संयोजक लीलानाथ घिमिरेले बताए ।  
यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, सौरभ ढकाल, दीपक श्रेष्ठ, फोटो ग्राफर गणेश भण्डारीलगायत छन् । 

महाभारत ट्रेल अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्ययनमा स्टोरी साइकल, आवर ड्रिम सिटीलगायतका संस्थाले सघाएका छन् । यात्रीलाई शिखर सुज, शिवाकोटी ब्यागलगायतले सहयोग गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप