शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

के मलेसियाली विमान फ्लाइट ३७० लाई पाइलटले जानिबुझी दुर्घटना गराएका थिए ?

बुधबार, ०२ जेठ २०७५, ११ : ०१
बुधबार, ०२ जेठ २०७५

काठमाडौं–चार वर्षदेखि हराइरहेको दुई सय जना सवार मलेसियाली विमान नियतवस हिन्द महासागरमा दुर्घटना गराइएको वायु विज्ञहरुले बताएका छन् ।

मलेशियाली वायुयान विमान ३७० अहिलेसम्म भेटिएको छैन  । तर अन्तराष्ट्रिय विज्ञहरुको एक समूहले आइबार राती ‘सिक्स्टी मिनेट अष्ट्रेलिया’ कायक्रर्ममा आएर रहस्यात्मक तरिकाले हराइरहेको विमान खासमा आम हत्या–आत्महत्या भएको तर्क अघि सारे ।

क्यानेडेली विमान दुर्घटना अनुसन्धानकर्ता ल्यारी भ्यान्सले भने “क्याप्टेन जहारी अहमद शाहले जानीबुझी त्यस्तो निर्णय गरेका थिए ।”

“उनले आत्महत्या गर्दै थिए तर दुभाग्यवस उनले प्लेनमा सबार सबैलाई मारे । र, उनले यो जानीबुझी गरेका थिए ।” भ्यान्सले भने ।

बोइङ्ग ७७७ का विमान चालक र विमान प्रशिक्षक समेत रहेका सिमोन हार्डीले सैन्य राडारको प्रयोग गरेर एमएच३७० को उडान योजना तयार पारेर क्याप्टनले विमानलाई मलेशिया र थाइल्याण्डको हवाईक्षेत्र भित्र र बाहिर गरेर अवलोकनकर्ताहरुलाई भ्रममा पार्न खोजेको बताए ।

‘यसले काम ग¥यो किन भने हामीलाई थाहा छ कि सेना अघि आएर विमानलाई हस्तक्षेप गरेन” हार्डीले भने ।

थप दुई विज्ञले अष्ट्रेलिया यातायात सुरक्षा ब्युरोले भनेको विमान पाइलटले नियन्त्रण गर्न नसक्ने गरि एक्कासी झरेको भन्ने भनाईमा असमती जनाए । 

“मलाई लाग्छ अन्तिमसम्म कसैले विमान नियन्त्रण गरिरहेको थियो ।” हार्डीले भने ।

क्याप्टेन शाहको परिवारले सीबीएस न्युज च्यानलसँग बाल्दै भने “उ प्रति औंला तेर्साएर उनीहरु विज्ञ अनुसन्धानकर्ता भएको प्रमाणीत हुदैन –त्यसको लागि विमान पत्ता लगाउनु प¥यो ।”
फ्ला

इट ३७० २०१४ मार्च ८ मा २३९ यात्रुहरु सहित उडेको थियो । हराएको यो विमान पत्ता चार बर्षसम्म पत्ता लागेको छैन । यसलाई पछिल्लो हवाई इतिहासको सबैभन्दा रहस्यमय घटना मानिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप