शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमालेले बोलायो आकस्मिक स्थायी समिति बैठक

बुधबार, ०२ जेठ २०७५, १० : ५९
बुधबार, ०२ जेठ २०७५

काठमाडौं– नेकपा एमालेले आज पार्टीको अकास्मिक स्थायी समिति बैठक बोलाएको छ । 
सो पार्टीले बुधबार अपरान्ह ४ बजेलाई आकस्मिक स्थायी समति बैठक बोलाएको हो । पार्टी एकताबारे छलफल, नीति तथा कार्यक्रमका बारेमा समेत छलफल गर्न बैठक बोलाएको नेताहरुले बताएका छन् । 

 बैठकमा सरकारले ल्याउने निति तथा कार्यक्रमको बारेमा छलफल हुन सक्ने कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले बताए । 

स्थायी समिति बैठकमा पार्टी एकताका लागि भएका छलफल र सहमति अनुमोदन गर्नसक्ने पनि बताइएको छ । आजै बेलुका पार्टी एकता संयोजन समितिको बैठक समेत राखेको नेताहरुले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप