कांग्रेसको प्रवासी भातृसंगठनमा आस्था बिन्दु बिजयी
सियोल - नेपाली कांग्रेसको प्रवासी भातृसंगठन जनसम्पर्क समिति दक्षिण कोरियाको सभापतिमा आस्था बिन्दु मल्ल बिजयी भएकी छन् ।
आइतबार भएको निर्वाचनमा निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै मल्ल बिजयी भएकी हुन् ।
बिजयी भएपछि मल्लले आफुलाई दिएको जिम्मेवारीलाई अझ ससक्त ढंगले अगाडि बढाउने तथा सबैलाई साथ लिएर नेपालीको हक हितमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।
तनहुँ स्थायी घर भएकी मल्ल लामो समयदेखि कोरियामा बसोबास गर्दै आएकी छन् ।
दक्षिण कोरियाको राजधानी सियोलमा सम्पन्न ५ औं अधिवेशनमा भएको निर्वाचनमा आस्थाबिन्दु मल्लको पक्षमा ९६ मत परेको थियो भने भजिन्द्र क्षेत्रीको पक्षमा ५९ मत खसेको थियो ।
निर्वाचनमा उपसभापति जितेद्र महता, लक्ष्मण दाहाल, सुभाष योगी निर्वाचित भएका छन् । महामन्त्रीमा कुमार थापालगायत मल्लको प्यालननै बिजयी भएको हो ।
अधिवेशनमा पूर्व स्वास्थ्यमन्त्री गगन थापा, गोविन्द भट्टराई लगायतका केन्द्रिय नेताहरु अधिवेशसमा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल
-
कृषि मन्त्रालयको बजेट सिलिङ ५१ अर्ब ८८ करोड, कुन योजनालाई कति रकम ?