केन्द्रीय संस्करण

सुरु भयो सलिनमान ‘यात्रा अ म्युजिकल भ्लग’

person access_timeजेठ १, २०७५ chat_bubble_outline0

काठमाडौं – केही दिन पहिले राजधानीमा एक कार्यक्रमको बीच घोषणा गरिएको फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’को छायांकन सुरु भएको छ । राजधानीको कमलादीस्थित गणेश मन्दिरमा पुजा गर्दै फिल्मको छायाँकन सुरु गरिएको हो । 

फिल्म छायाँकन सुरु हुन पूर्व निर्माता केशव भट्टराई र सुशील पोखरेल, निर्देशक सम्राट शाक्य तथा कलाकारहरु सलिनमान बनियाँ र सलोन बस्नेत लगायतको टिमले मन्दिरमा पुजा गरेका थिए ।  प्रायः एक्लै फिल्म बनाउने निर्माताको रुपमा चिनिने केशव यसपटक सुशिलसँग जोडिएका हुन् । मंगलबार गणेस्थान वरपर र गहनापोखरी आसपासका स्थानमा चलचित्रको छायाँकन गरियो ।

 चलचित्रमा सलिनमान बनिया, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कट्वाल, समृद्धि राई, योगेशजंग कुँवर, ईश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, ईश्वर पौडेल, विशाल पहाडी, प्रज्ज्वल भट्टराई, देशभक्तखनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहनेछ । 

यसै फिल्ममार्फत मल्लिका महतले डेब्यु गर्दैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई छानिएका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । 

कोटकी कालिका देवी फिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । यसै फिल्ममार्फत सम्राट शाक्य निर्देशनमा डेब्यु गर्दैछन् । दुई दशक अगाडि सहायक निर्देशक भई यस क्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइ काम गरेको फिल्महरु के यो माया हो, मेरो लभ स्टोरी, कोही मेरो, नोभेम्बर रेन, होमवर्क, छक्का पञ्जा, ऐश्वर्य, कृ लगायत चर्चामा थिए ।

 फिल्ममा कथा पनि सम्राटकै रहेको छ भने यसलाई उनीसँगै सुरेश न्यौपाने ,प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । 

फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरोयोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन, आशिष पौडेलको कस्ट्युम डिजाइन, जटाशंकर गोसाईको आर्ट डिजाइन, निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा बरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । फिल्मको छायाँकन यहि बैशाख २५ बाट सुरु हुनेछ भने यसको पब्लिसिटी डिजाइनर टौवा क्रिएसन रहेको छ ।

सलिनमान बनिया–पहिलो फिल्ममार्फत नै पाएको मायाको लागिदर्शक र मिडिया प्रति आभारी छु । राम्रो काम गर्ने कोसिस जारिनै रहनेछ । पहिलो फिल्ममार्फत मैले टेक्निकल कुरा पनिबुझ्ने मौका पाए । यसको कथाले नै मलाइ फिल्म गर्न प्रेरित गरेको हो । मलाइ फिल्मको अफर आयो, कथा लिए र फ्याम्लीमा शेयर गरे । सबै ओके भएपछि म फिल्म गर्न राजी भएको हु । म यात्रा गरिरहेको एक युवकको भूमिकामा फिल्ममा प्रस्तुत हुँदैछु । डेब्यु फिल्म भन्दा यसमा मेरो क्यारेक्टरमा फरक पाउनुहुनेछ । 


केशव भट्टराई- फिल्मको पुजा गर्दै केही दृश्यको छायाँकन आज गरिएको हो । हामी रेगुलर शुटमा भने आउँदो ७ गतेबाट जाँदैछौ ।  फिल्ममार्फत युवा पुस्ताको प्रेम र मित्रतालाई नै देखाउँदैछौ । फिल्म कथा राम्रो छ, यसैले हामीले निर्माण गर्दैछौ । सम्राट भोलिको दिनमा राम्रो निर्देशकमा पर्छ भन्नेमा म स्पष्ट छु । फिल्मलाई हामी यसैवर्ष प्रदर्शन गर्नेछौ भने शुटिङ आउदो २५ गतेबाट स्टार्ट हुँदैछ । 

सुशील पोखरेल- फिल्मको कथानै राम्रो भएकोले म निर्माणमा जोडिएको छु ।  केशव दाइ म भन्दा सिनियर हुनुहुन्छ र म पनि यस क्षेत्रमा अनुभव नै संगालेको हुनाले राम्रो हुन्छ भनेर सहकार्य गरेका हौ ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X