बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णराजले बनाए मोडल मालालाई भाइरल

मङ्गलबार, ०१ जेठ २०७५, १८ : २७
मङ्गलबार, ०१ जेठ २०७५

काठमाडौं – अभिनेत्री, मोडल माला लिम्बु भाइरल भएकी छन् । उनलाई भाइरल बनाउने काम गायक कर्णराज गिरीले गरेका हुन् । गिरीको पछिल्लो गीत ‘भाइरल भयो रे’ म्युजिक भिडियोसहित आएको छ । जसमा माला लिम्बुले मोडलिङ गरेकी छन् । गीतको मालाको अलवा नयन डिसीर गु्रभी ब्वाइज समुहको पनि अभिनय देख्न सकिन्छ ।

 एक दशक भन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा क्रियाशील गिरीले सांगीतिक यात्रामा संगालेको अनुभव जति गीत ‘भाईरल भयो रे’मा समेटेको बताए । उनले भने ‘मेरो अघिल्ला गीतझै यो पनि दर्शकले रुचाउनेछन् ।’

माला लिम्बु र नारायण बस्नेतको शब्द, गायक गिरीकै संगीत रहेको गीत ‘भाईरल भयो रे’ माथि बनेको म्युजिक भिडियो नयन डिसीले नै निर्देशन गरेका हुन् । गायक गिरीले यस अगाडि ल्याएका ‘ह्याङ बनायौ’, ‘मरे आमा’, ‘पहलो नजर’, ‘मन भित्रको माया’ लगायतका गीतहरु दर्शक स्रोताले निकै रुचाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप