बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुनिता रामजीसँग ‘पानको मिस्सी हुकुमको चौकाले’

मङ्गलबार, ०१ जेठ २०७५, १८ : १६
मङ्गलबार, ०१ जेठ २०७५

काठमाडौं – गायिका सुनिता अधिकारी अर्काे मार्मिक गीतका साथ देखिएकी छन् । ‘ पानको मिस्सी हुकुमको चौकाले’बोलको उक्त गीतमा उनलाई स्वरमा गायक भागिरथ चलाउनेले साथ दिएका छन् ।

शिब हमालको शब्द रहेको गीत तिर्सना म्यूजिक प्रालिले बजारमा ल्याएको हो । गीतको भिडियो पनि निर्माण भएको छ । जसमा सुनिता अधिकारी र रामजी खाडको अभिनय देख्न सकिन्छ । रामजी पनि चर्चित लोक दोहोरी गायक हुन् ।

प्रकाश भट्टको निर्देशन रहेको भिडियो राजेश घिमिरेले छायाँकन गरेका हुन् । जसको सम्पादक बिष्णु शर्मा रहेका छन् । केही पहिले सार्वजनिक यो गीत दर्शकको मनमा बस्न सफल भएको गायिका सुनिताले बताइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप