बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गगन थापालाई केपी ओलीको जवाफ : मालिक माफ पाउँ भनेको छैन, कसरी  घुँडामा भ्वाङ पर्नु !

मङ्गलबार, ०१ जेठ २०७५, १७ : ५७
मङ्गलबार, ०१ जेठ २०७५

काठमाडौं– एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण ऐतिहासिक भएको बताएका छन् । 
उनले भारतीय प्रधामन्त्रीको नेपाल भ्रमणको सन्दर्भमा  कांग्रेस सांसद गगन थापाले दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै भने, ‘संविधान संशोधन गर्न सकिन माफ पाउँ मालिक अर्को पटक गर्छु भनेर मैले भनेको छैन ।  कसरी घुँडामा  भ्वाङ पर्नु !’ उनले आफूले नेपालको सार्वभौमिकतालाई सम्मान गर्ने ठाउँमा आफूले भारतलाई ल्याएको पनि दाबी गरे । 
यसअघि सोमबारको संसद बैठकलाई सम्बोधन गर्दै कांग्रेस सांसद थापाले हिजो अरुलाई लम्पसारवादी भन्ने प्रधानमन्त्री केपी शर्मा ओली आज ‘महालम्पसारवादी’ बनेको आरोप लगाएका थिए । 
‘हिजो दुई प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्न जाँदा सिंगडा बेच्न गएको भनियो, घुँडा टेक्न गएको भनियो,’ थापाले भनेका थिए, ‘ आफूले गर्दा पुण्य अरुले गर्दा पाप ?’
 ‘हिजो अरुलाई लम्पसार पर्दा घुँडामा घाउ भयो कि भएन भन्ने प्रधानमन्त्रीलाई भारतको जिम्मा लिएर अब भारतले नाकाबन्दी गर्दैन भन्दै गर्दा तपाईंको घुँडामा भ्वाङ पर्यो कि परेन सोध्न पाउने कि नपाउने ?,’ भन्दै थापाले प्रश्न गरेका थिए । 
युवासंघको २८ औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै  ओलीले मोदीको नेपाल भ्रमणका क्रममा कुनै राष्ट्रहित विपरितका सन्धी सम्झौता नभएको दाबी गर्दै  भएको कुनै प्रमाण भएर ल्याउन चुनौति समेत दिए । 
उनले आफू नेतृत्वको सरकारले छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गर्न चाहेको समेत बताए । 
सो क्रममा एमाले नेता झलनाथ खनाल, माधव नेपाल रक्षामन्त्री इश्वर पोखरेल र श्रममन्त्री गोकर्ण विष्टले पनि आफ्नो धारणा राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप