मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतले रात्रीकालिन टेस्ट क्रिकेट खेल्न मानेन

मङ्गलबार, ०१ जेठ २०७५, १६ : ३५
मङ्गलबार, ०१ जेठ २०७५

एजेन्सी । भारतले दिवा–रात्री टेस्ट खेल्न नमानेपछि अस्ट्रेलियाले त्यसलाई रद्द गरेको छ ।

आगामी डिसेम्बरमा एडिलेडमा हुने भनिएको खेल गुलाबी बलमा खेलिने बताइएपनि भारतले अस्वीकार गरेपछि त्यसलाई दिनमा नै खेलिने भएको हो ।

सन् २०१५ यता अस्ट्रेलियाले चारवटा दिवा–रात्री टेस्ट खेलेको छ । जसमध्ये एडिलेडमा खेलिएका तीनवटै खेलमा अस्ट्रेलिया विजयी भएको छ ।

हालसम्म गुलाबी बलले टेस्ट नखेलेको भारतले यसमा पाहुना टोलीलाई फाइदा हुने भन्दै खेल्न अस्वीकार गरेको छ ।

क्रिकेट अस्ट्रेलियाका प्रमुख जेम्स सदरल्याण्डले एएफपीसँग कुरा गर्दै भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले दिवा रात्री टेस्ट खेल्न अस्वीकार गरेको जानकारी दिए ।

अस्ट्रेलियाले आगामी जनवरीमा ब्रिसबेनमा श्रीलंकासँग दिवा–रात्री टेस्ट खेल्नेछ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप