केन्द्रीय संस्करण

केही विशेष छ यी व्यक्तिको रगतमा, अहिलेसम्म २४ लाख बच्चाको जीवन बचाए

person access_timeजेठ १, २०७५ chat_bubble_outline0

अष्ट्रेलियामा बस्ने जेम्स ह्यारिसनले ६० वर्षसम्म प्रत्येक हप्ता रक्तदान गरिरहे । उनको यो कदमले करिब २४ लाख बच्चाको जीवन बचाउन सकियो ।

‘म्यान विथ अ गोल्डन आर्म’ भनिने ८१ वर्षीया ह्यारिसनको रगतमा एउटा विशेष प्रकारको एन्टीबडी छ जसमार्फत जीवन बचाउने औषधी एन्टी–डी तयार गर्न सकिन्छ ।

ब्ल्ड सर्भिसका अनुसार एन्टी डी ती गर्भवती महिलालाई दिइन्छ जसको रगतले  गर्भमा रहेको शिशुलाई हानी गरिरहेको हुन्छ । यो रोगले रक्तअल्पत्ता, कलेजो सुन्निने र गर्भमा रहेको शिशुको मस्तिष्क घात अथवा मृत्यु नै निम्त्याउने गर्दछ । हेमोलिटीक डिजिज अफ न्यूबर्न (एचडीएन) भनिने यो रोग गर्भवती महिलालाई त्यतिबेला लाग्छ जब महिलाको रगत रिसस–नेगेटिभ (RhD negative) हन्छ र गर्भमा रहेको शिशुको रगत रिसस पोजिटिभ (RhD positive) हुन्छ ।

सन् १९६७ देखि अहिलेसम्म अष्ट्रेलियाका गर्भवती महिलालाई एन्टी–डीको ३० लाख डोज दिइयो जुन ह्यारिसनको रगतबाट बनाइएको थियो ।

गत शुक्रबार आफ्नो अन्तिम रक्तदानको क्रममा उनले अष्ट्रेलियाको समूदायलाई आफ्नो रेकर्ड तोड्न च्नौती दिएका छन् । ह्यारिसनले ११ सय १७ पटक रक्तदान गरेका छन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X