शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

मान्चिनी बने इटालीका नयाँ प्रशिक्षक

मङ्गलबार, ०१ जेठ २०७५, १० : २७
मङ्गलबार, ०१ जेठ २०७५

रोम । रोबर्टो मान्चिनीलाई इटालीको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक नियुक्त गरिएको इटालियन फुटबल फेडरेसनले जनाएको छ ।

जेनिटका पूर्व प्रशिक्षक मान्चिनीलाई फ्लोरेन्समा आयोजना गरिने विशेष पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छ ।

गत नोभेम्बरमा विश्वकप प्लेअफमा स्वीडेनसँग पराजित भएपछि जियान पिएरो भेन्चुराले इटालीको प्रशिक्षक पद छाडेका थिए । त्यसयता, राष्ट्रिय टोलीका लागि नयाँ प्रशिक्षकको व्यापक खोजी गरिएको थियो ।

लुइजी डि बाजियोलाई अन्तरिम कालको लागि प्रशिक्षक नियुक्त गरिएको थियो । यसमा कार्लो एन्चेलोटी र चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेको पनि नाम चर्चामा रहेको थियो ।

सन् २०१६ मा इन्टर मिलानमा दोस्रो स्पेल बिताएका मान्चिनीले गत वर्ष जेनिटको प्रशिक्षण गरेका थिए ।

तर, रसियन प्रिमियर लिगमा उनको टोली पाँचौ स्थानमा सिमित भएपछि मान्चिनीले आफ्नो पद त्याग गरेका थिए ।

त्यसपछि उनी रोम पुगेर इटाली फुटबल फेडरेसनका अधिकारीहरुसँग कुराकानी गरेका थिए ।

‘इटाली पुनः फर्कन पाउँदा खुसी छु,’ मान्चिनीले भनेका थिए ।

नयाँ प्रशिक्षको नेतृत्वमा इटालीले मे २९ मा साउदी अरेबियासँग मैत्रिपूर्ण खेल खेल्ने छ भने फ्रान्स र नेदरल्याण्डसँग पनि मैत्रिपूर्ण खेलहरु खेल्ने छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप