केन्द्रीय संस्करण

जसलाई मोदीले ‘पचास करोडकी गर्लफ्रेन्ड’ भनेका थिए

person access_timeजेठ १, २०७५ chat_bubble_outline0

बीबीसी

भारतको दिल्लीस्थित पटियाला हाउस अदालतमा दर्ता गरिएको पुलिसको चार्जशीटमा शशी थरुरमाथि श्रीमतीलाई आत्महत्याका लागि उक्साएको आरोप लागेको छ ।

दिल्लीको एक पाँचतारे होटलमा ५७ वर्षीया सुनन्दा पुस्कर सन् २०१४ को जनवरी १७ तारिखमा आफ्नो कोठामा मृत भेटिइन् ।

सुनन्दा पुष्कारको जन्म सन् १९६२ मा भएको थियो । उनी मूल रुपमा भारत प्रशासित कश्मिरको सोपोरकी हुन् ।

उनका पिता पीएन दास भारतीय सेनामा वरिष्ठ अधिकारी थिए । सुनन्दाले श्रीनगरको गभरमेन्ट कलेज फर वुमनबाट स्नातकसम्मको पढाइ गरेकी थिइन् ।

शशी थरुरसँग उनको तेस्रो विवाह थियो । दोस्रो विवाहबाट सुनन्दाको एक छोरा छन् जो २१ वर्ष पुगेका छन् ।

सन् २०१० को अप्रिलमा इन्डियन प्रिमियर लिग (आइपीएल)को कोची टीमको खरिदसँग जोडिएको एक विवादमा सुनन्दा पुष्करको नाम आएको थियो ।

आइपीएल विवादः

यो टिमको खरिदमा शशी थरुरको भूमिकाको विषयमा प्रश्न उठाइएका थिए ।

विवाद यति बढ्यो कि शशीले केन्द्रीय मन्त्रीको पदबाट राजीनामा दिनु पर्यो तर केही समयपछि उनलाई मन्त्रीमण्डलमा पुनः समावेश गरियो ।

उक्त विवादपश्चात् सुनन्दा पुष्कारले पनि कोची टिममा आफ्नो शेयर छोड्नुपरेको थियो । त्यसअघि उनी दुबईको एक कम्पनीमा कार्यरत थिइन् ।

त्यतिबेला शशी थरुरले सुनन्दा पुष्करसँगको आफ्नो सम्बन्ध स्विकारेका थिए र सन् २०१० को अगस्टमा दुबैले विवाह गरे ।

‘५० करोडकी गर्लफ्रेन्ड’

सन् २०१२ को अक्टोबरमा हिमाञ्चल प्रदेशको एक चुनावी र्यालीको क्रममा गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीले सुनन्दालाई ‘५० करोडकी गर्लफेन्ड’ बताएका थिए ।

उनको यो बयानले राजनीतिमा ठूलै खैलाबैला निम्त्याएको थियो ।

यसको जवाफमा शशी थरुरले ट्वीटमार्फत मोदीलाई भने, ‘प्रेमको कुनै मूल्य हुँदैन ।’

त्यसपछि पनि शशी थरुर र सुनन्दा पुष्करबारे भारतीय जनता पार्टीको हमला जारी रह्यो ।

भाजपाका उपाध्यक्ष र राष्ट्रिय प्रवक्ता मुख्तार अब्बास नकबीले एक बयानमा शशी थरुरलाई ‘लभ गुरु’ को उपाधि दिँदै यदि देशमा लभ मन्त्रालय बने त्यसको पदभार शशीलाई दिनुपर्ने बताए ।

अनुच्छेद ३७०ः

सन् २०१३ को डिसेम्बरमा सुनन्दा पुष्करले भारतीय जनता पार्टीका प्रधानमन्त्री पदको उम्मेद्वार नरेन्द्र मोदीको समर्थन गर्दै संविधानको अनुच्छेद ३७० को समिक्षा हुनुपर्ने बताएकी थिइन् ।

अनुच्छेद ३७० अनुसार जम्मू–कश्मिर राज्यले विशेष दर्जा पाएको छ ।

एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए, ‘संविधानको अनुच्छेद ३७० माथि पुनः विचार गर्न आवश्यक छ किनभने महिलाविरुद्ध भेदभाव भइरहेको छ ।’

‘कश्मिरमा मलाई एक साथीले गैर कश्मिीरीसँग विवाह गरेपछि महिलाले सरकारी जागिर नपाउने बताइन् । जो महिला कश्मिरी नभएपनि विवाह कश्मिीरी परिवारमा भए उनीहरुले सरकारी जागिर पाउँछन् र उनीहरुका सन्तानले सबै अधिकार पाउँछन् ।’

प्रश्नः

सन् २०१४ जनवरी १५ मा अचानक शशी थरुर र सुनन्दा पुष्कारको सम्बन्धमा प्रश्न उठ्न थाले । शशी थरुरको ट्वीटर अकाउन्टबाट पाकिस्तानकी पत्रकार मेहर तरारलाई गरेको ट्वीट सार्वजनिक भए जसमार्फत् उनीहरु दुबैबीच सम्बन्ध भएको आभाष दिलायो ।

त्यसपछि थरुरले आफ्नो अकाउन्ट ह्याक भएको भन्दै ट्वीट गरे । उता तरारले पनि शशीसँग कुनै पनि सम्बन्ध नरहेको बताइन् ।

विवाद बढेपछि थरुर र सुनन्दाले एक संयुक्त बयान जारी गरेर भनेका थिए, ‘हाम्रो वैवाहिक जीवन सुखसँग बितिरहेको छ र हामी यस्तै होस् भन्ने चाहन्छौं ।’

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ