शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने

मङ्गलबार, ०१ जेठ २०७५, ०६ : ४६
मङ्गलबार, ०१ जेठ २०७५

कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रवाधान राख्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदा गरेको छ । 

शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ । 

मन्त्रालयअन्र्तगत संघीय तथा कानुन् शाखाले चार दिनअघिदेखि छलफल प्रारम्भ गरेको मन्त्रालय स्रोतको भनाई छ ।, यो खबर आजको नागरिक दैनिकमा छ, 

करिव ५ महिनाअघि सामान्य प्रशासन मन्त्रालयले सो मस्यौदा तयार गरेको थियो ।

मस्यौद भएको ५ महिनासम्म यस विषयमा कुनै प्रक्रिया अघि बढाएको थिएन। ‘प्रक्रिया अघि बढाउने बेला सरकार परिवर्तन भयो र नयाँ सरकारले सो विधेकका बारेमा चासो राखेन’ स्रोतले भन्यो। नयाँ सरकार गठनपछि विधेकका बारेमा पुनः छलफल आरम्भ भएको स्रोतको भनाइ छ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप