बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एक महिनामै घटाउनुहोस् १५ केजीसम्म तौल !

सोमबार, ३१ वैशाख २०७५, १३ : १४
सोमबार, ३१ वैशाख २०७५

भनिन्छ ‘स्वास्थ्य नै धन हो’ स्वस्थ्य र सुन्दर रहन कसलाई पो मन लाग्दैन र । स्वस्थ रहन मानिस अनेकन उपायको पछि लागिरहेका हुन्छन् । मोटोपन एउटा रोग हो । मोटा मानिसहरू विभिन्न रोगको सिकार बनिरहेका हुन्छन् । व्यस्त जीवनशैली, अस्वस्थकर आहार, व्यायामको नगर्नु नै मोटोपनको मुख्य कारक मानिएको छ । अझ सहरी जीवनशैलीमा यो समस्या झनै दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

मोटोपन घटाउन जीवनशैलीमा परिवर्तन, स्वस्थ्यकर आहार विहारका साथै नियमित व्यायामको जरुरत त पर्छ नै साथसाथै बजारमा स्लिमिङ सेन्टरहरू पनि खुल्न थालेका छन् ।

यस्तै एउटा नाम हो ‘हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर’ । मोटोपन कम गर्ने एउटा अचुक उपायका रूपमा नेपालमा भित्रिएको यो कोरियन उपचार पद्धति हो । कोरियन कस्मेटिक प्रविधिबाट यहाँ महिनामा ५ देखि १५ केजीसम्म तौल घटाइन्छ ।

सन् २०११ बाट सेवा प्रारम्भ गरेको हेल्दी होमले नेपालमा लोकप्रियता कमाइरहेको छ । नेपालमा पहिलो पटक मोटोपना घटाउने र बडी सेप बनाउने पद्धति अवलम्बन गरेको यस संस्था स्वास्थ्य व्यवसायबाट दर्ता भई सञ्चालनमा आएको होमका अध्यक्ष कृष्ण भण्डारी बताउँछन् । गुणस्तरीय सेवा अनि सतप्रतिशत नतिजा निकाल्न तल्लीन हेल्दी होमले आफ्ना ग्राहकलाई पूर्ण सन्तुष्ट पार्न सफल भएको दाबी गरेको छ ।

सेवा दिने सबै कर्मचारी तालिम प्राप्त रहेको र व्यवस्थापन पक्षमा स्वास्थ्य विशेषज्ञहरू भएको अध्यक्ष भण्डारी बताउँछन् । यो उपचार पद्धतिको कुनै नकारात्मक असर नभएको उनको भनाइ छ ।

हेल्दी होमले देशभर १० ठाउँमा आफ्नो शाखा विस्तार गरिसकेको छ । उपत्यकाभित्र जमल, बानेश्वर, जाउलाखेल, महाराजगन्ज, बौद्ध एवम् उपत्यका बाहिर धरान, भैरहवा, पोखरा, नारायणघाट र बुटवलबाट आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।

दैनिक १५ देखि २० जनासम्मको उपचार हुने र ९५ प्रतिशत सेवाग्राही सन्तुष्ट भएर जाने गरेको अध्यक्ष भण्डारीको दाबी छ । महिला पुरुष दुवै उत्तिकै सङ्ख्यामा सेवा लिन आउने गरेको भण्डारी बताउँछन् । उनका अनुसार यो उपचार पद्धति मुटु, क्यान्सर र टीबीका रोगीले लिन मिल्दैन । तर नसा च्यापिएका, ढाड, कम्मर दुख्ने समस्या भएकाले यो सेवा लिई निको भएको अध्यक्ष भण्डारी बताउँछन् । हेल्दी होमको उपचार नायिका करिश्मा मानन्धर र उनकी छोरी कविता मानन्धरले पनि लिएका छन् । विभिन्न नाम चलेका अन्य थुप्रै कलाकारहरु पनि हेल्दी होममा उपचारका लागि जाने गरेको अध्यक्ष भण्डारी बताउँछन् 

सेवाग्राहीको प्रतिक्रियाः

रोजिना मानन्धर डेन्टलकी विद्यार्थी हुन् । मोटोपनका कारण चिन्तित उनी परिवारको फोर्सले नै हेल्दी होममा प्रवेश गरिन् । १७ वर्षकी रोजीनाले दुई महिनामा १६ केजी तौल घटेको र आफू पूर्ण सन्तुष्ट भएको बताइन् । सानै उमेरमा बढेको तौल सबैभन्दा ठूलो चिन्ताको विषय थियो रोजीनाका लागि । अझ लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेरमा चाहेको लगाउन र पेटभरी खान सधैँ डराउनुपर्ने । तर अब यो समस्याको समाधान भएको छ । हेल्दी होमको उपचारपछि आफ्नो दैनिकी नै बदलिएको छ ।  साथीहरूको माझमा आत्मविश्वास बढेको उनी बताउँछिन् । निकै खुसी देखिएकी रोजीना अझै तौल कम गर्न अनि शरीरलाई सेपमा ल्याउन मेजो थेरापी गर्न थालेकी छन् ।

१०५ केजीकी सदीक्षा थापा हाल ६८ केजीमा आइपुगेकी छिन् । यति धेरै तौल घटेपछि उनलाई आफन्त र साथीभाइहरूबाट प्र्र्रश्नै प्रश्नले घे¥यो । धेरै तौलले गर्दा ढाड दुख्ने, पैतला पोल्ने अनि महिनावारीको समस्याले निकै सताएको थियो । नेपालका नाम चलेका डाक्टरकामा उपचारका लागि गइन् । जति उपचार गरे पनि उनको समस्या घटेन । डाक्टरहरूबाट पनि तौल कम गर्ने सुझाव मात्रै आउन थाल्यो । गृहिणी सदीक्षाको धेरैजसो समय घर अनि बच्चाबच्चीको स्याहार सुसारमै बित्थ्यो । घरको कामले शारीरिक कसरत पुग्ने सुनेकाले अन्य कुरामा ध्यान नै थिएन उनको । दिनानुदिन बढेको तौल उनको चिन्ता विषय बन्यो । तौल घटाउन अनेकन उपायको पछि नलागेकी पनि होइनन् तर कुनै पनि उपायले नघटेको उनको तौल अन्ततः हेल्दी होमको उपचारबाट घट्यो । ३ वर्षअघि परामर्शका लागि हेल्दी होम गएर थेरापी सुरु गरेकी सदीक्षाले ४ महिनाको अवधिमा ३० केजी तौल घटाउन सफल भएको बताउँछिन् । ३३ वर्षकी सदीक्षा हेल्दी होमले दिएको डाइट चार्ट अनि त्यहाँ गरिने थेरापीबाट नै यति धेरै तौल घटेकोमा दङ्ग छिन् ।  

नेपालटारकी जशु थापा ३० वर्षकी भइन् । १ वर्ष अगाडि उनको तौल ७८ किलो थियो । मोटोपनले उनको नसामा समस्या आयो । ढाड दुख्ने, पैतला पोल्ने लगायतका समस्याले ग्रसित भइन् । तौल कम गर्न जुम्बा एरोबिक पनि जान थालिन् तर झन् समस्या बढ्यो । कारण थियो धेरै तौल । हेभी एक्सरसाइजले झन् उनको खुट्टामा समस्या आयो । खुट्टा सुन्निने, पैतला पोल्ने समस्याले सतायो । जब हेल्दी होमको उपचारबारे थापा पाइन् । उनी परामर्शका लागि गइन् र डेढ महिनाको अवधिमा उनले १८ किलो तौल घटाउन सफल भइन् । हाल खुट्टको समस्या, ढाडको समस्या केही पनि नभएको जशु बताउँछिन् । एक बच्चाकी आमा जशुलाई मोटोपनका कारण दोस्रो बच्चा नहुने हो कि भन्ने डर थियो । अब त्यो पनि हटेको भन्दै खुशी व्यक्त गर्छिन् । आजकाल उनी आफन्त अनि साथीहरूको माझमा सेलिब्रेटी नै बनेको बताउँछिन् । सबैको नजर आफूमा पर्ने र सबैको तारिफले दङ्ग पर्ने गरेको जशु बताउँछिन् ।  

सेवाहरूः
के हो त ‘हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर’ ? यो उपचार पद्धतिमा लेजर थेरापीबाट तौल घटाइन्छ । सुरुमा परामर्शमार्फत बीएमआई टेस्ट गरिन्छ । जसले मोटोपनाको आकार निर्धारण गर्छ र कति केजी घटाउनुपर्ने हो, विज्ञको सल्लाह बमोजिम उपचार सुरु हुन्छ । यीबाहेक होमले हेयर एन्ड केयर, स्किन टाइटेनिङ, ब्रेस्ट रिडक्सन, स्ट्रेच मार्क रिमुभलगायतको सेवा प्रदान गर्दै आइरहेको छ । 

–    अल्ट्रासोनिक क्याभिटेसन, भ्याकुम तथा रेडियो फ्रिक्वेन्सी मसाज थेरापी

कोरियामा निर्माण गरिएको यो प्रविधिको प्रयोगबाट शरीरका विभिन्न भागमा मसाज गरी शरीरमा रहेको कडाभन्दा कडा बोसोलाई पगालिन्छ र पग्लेको बोसो दिशा, पिसाब र पसिनाको माध्यामबाट शरीरबाट बाहिर निस्कन्छ । यो प्रविधि डब्ल्यूएचओ र एफडीए प्रमाणित छ । यसको प्रयोगबाट शरीरलाई बिनाहानि तौल घटाउनुका साथै विभिन्न भागहरूको सेप मिलाउने, शरीरको मेटाबोलिजमलार्य सन्तुलनमा राख्ने, चाउरीपना हटाउने तथा शरीर स्वस्थ, फूर्तिलो र आकर्षक बनाउन मद्दत पु¥याउँछ ।

–    हिट र प्रेसो मसाज थेरापी
यस प्रविधिको प्रयोगले शरीरको मोटोपना घटाउन मद्दत गर्दछ । यसले शरीरमा पैदा हुने तापद्वारा शरीरमा बढी भएको बोसोलाई पगाल्ने र पग्लेको बोसो दिशा, पिसाब तथा पसिनाको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ । 

–    जपानिज अल्ट्रा भाइब्रेट मसाज थेरापी
इलेक्ट्रो भाइब्रेट मसाज प्रविधिबाट शरीरका विभिन्न भागमा मसाज गरी शरीरमा भएको बोसोहरूलाई पगाल्न मद्दत गर्दछ । पग्लेको बोसो दिशा, पिसाब तथा पसिनाको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ । 

–    कुल सेपिङ थेरापी
यो मोटोपन घटाउनका लागि निर्मित अत्याधुनिक कोरियन प्रविधि हो । यस प्रविधिमा प्रयोग गरिएको कुलिङ प्रविधिबाट तापक्रम –१० डिग्री सेल्सियसमा रही शरीरको भित्री भागमा रहेको बोसोलाई जमाउने र जमेको बोसो फुटाउने काम हुन्छ । जुन दिसा, पिसाब तथा पसिनाको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ  र तुरुन्तै शरीरको वजन घट्नुका साथै शरीरका विभिन्न भागहरूको सेप मिलाउन सकिन्छ ।

–    मेजो थेरापी
यो मोटोपन घटाउने पीपीसी इन्जेक्सन (फोसफेटाइडाइकोलिन) विधि हो, जसको माध्यमबाट शरीरको अनावश्यक कडा बोसो भएको भागमा लिपोलाइटिक सोलुसन लगाई शरीरको बोसोलाई पगाल्ने र पग्लेको बोसो दिसा, पिसाब तथा पसिनाको माध्यमबाट शरीरबाट बाहिर निष्काशित गराई शरीरको सेप मिलाउन मद्दत गर्दछ ।

–    होम प्याक र हर्बल फाइबर डाइट अनि टी
यो विशेषगरी प्राकृतिक फलफूलहरूको सुख्खा बोक्राको धुलोबाट तयार भएको हुन्छ ।  यसलाई दैनिक आरका रूपमा प्रयोग गर्दा शरीरमा भएको अधिकतम मोटोपनलाई घटाई शरीरलाई स्वस्थ, तन्दुरुस्त साथै आकर्षक राख्नमा मद्दत पर्याउँछ । यो प्राकृतिक फलफूलहरूको मिश्रणबाट तयार गरिएको हुनाले शरीरलाई कुनै हानि पु¥याउँदैन । यसको दैनिक प्रयोगबाट १ महिनामा कम्तीमा २ देखि ७ केजीसम्म मोटोपन घटाउन सकिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप