बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इन्दर कुमारको ‘आत्महत्या’ को भिडियो भाइरल

सोमबार, ३१ वैशाख २०७५, ११ : २०
सोमबार, ३१ वैशाख २०७५

सलमान खानको फिल्म ‘वान्टेड’ मा सह–कलाकारको भूमिकामा देखिएका इन्दर कुमारको जुलाई २८ मा हृदयघातका कारण मृत्यु भएको खबर आएको थियो । उनी लामो समयदेखि बिरामी भएको र उनलाई एक्कासी आधा रातमा हृदयघात भएको बताइएको थियो । ४३ वर्षको उमेरमा उनको निधनले बलिउडका कलाकार र उनका प्रशंसकलाई नराम्रोसँग धक्का दियो । अब सोसल मिडियामा एउटा भिडियो भाइरल भइरहेको छ जसलाई उनको मृत्युको ठिक अगाडि उनी आफैंले सुट गरेको बताइएको छ ।

सोसल मिडियामा छाइरहेको उक्त भिडियो देखेर उनका प्रशंसकले उनको प्राकृतिक मृत्यु नभई आत्महत्या भएको बताइरहेका छन् । उक्त भिडियोमा उनले रक्सी पिएर, रुँदै आफ्नो पीडाबारे बताएका छन् ।

उनको मृत्युको खबर आएलगत्तै विभिन्न प्रश्न पनि उठाइएका थिए । उनको मृत्युको आभाष उनलाई पहिले नै भएको पनि बताइएको थियो । वास्तवमा इन्दर कुमारले मृत्युको करिब एक वर्ष अघि सन् २०१६ मा इन्स्टाग्रामा एउटा पोस्ट राखे जसमा उनले तस्बिरसहित लेखेका थिए ‘ह्पापीनेस’, त्यसपछि उनले केही पनि पोष्ट गरेनन् ।

यस्तै, निधन हुनु एक दिन अघि अर्थात् जुलाई सन् २०१७ मा उनले एउटा तस्बिर पोष्ट गरे जसमा क्याप्सन लेखिएको थियो ‘पीस’ अर्थात् शान्ती । यद्यपी, इन्दर कुमारको यो पोष्ट उनको भेरिफाइड अकाउन्टबाट गरिएको भने थिएन । अब यो भिडियो मिडियामा आएपछि उनका प्रशंसकबीच हलचल मच्चिएको छ ।

यद्यपी, केही रिपोर्टका अनुसार उनको आत्महत्यासँग सम्बन्धित नभई उनको फिल्मको एक हिस्सा हो । यो भिडियोबारे इन्दर कुमारकी श्रीमतीले चाँडै नै पत्रकार सम्मेलन गर्न लागेको पनि बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप