नेपाली साहित्य विकास परिषद यूकेमा नयाँ कार्यसमिति
लण्डन । बेलायतस्थित नेपालीहरुको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूके(१९९५)को २३औँ साधारण सभाले नयाँ कार्यसमिति गठन गरेको छ । साधारण सभाले आगामी २ बर्षका लागि एघारौ कार्य समिति गठन गरेको हो ।
साधारणसभाले कोमल श्रेष्ठ मल्लको अध्यक्षतामा चयन भएको १३ सदस्यीय कार्यसमितिको वरिष्ठ सहअध्यक्षमा बाबु केसी,सहअध्यक्षहरुमा डा.गोपाल पौड्याल,गोकुल भण्डारी,रेशम अर्याल छन् भने उपाध्यक्षहरुमा
बाचस्पति रेग्मी, डा.सुधा श्रेष्ठ बसन्त रायक्षेत्री रहेका छन् । महासचिवमा वीरेन्द्र कुवँर र कोषाध्यक्षमा मनोज अन्जान निर्वाचित भएका छन् भने कार्यकारिणी सदस्यहरुमा हरि केसी, डम्बर सिंह र कल्पना आङ्बुहाङ रहेका छन् ।
परिषदमा अधिकारसम्पन्न ९ सदस्यीय सल्लाहकार समिति पनि गठन भएको छ । जसको वरिष्ठ सल्लाहकारमा डा.राघव प्रसादधिताल र सल्लाहकारहरूमा सुरेशजंग शाह, हरिसिँह थापा र खगेन्द्र नेपाली, मदन थापा,घन बहादुरथापा मगर, कृष्ण भट्ट, सोलिसिटर राजुथापा र कमल भण्डारी रहेका छन् ।
परिषदको साधारण सभालाई पदेन संरक्षक राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुवेदीले सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौँमा
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गर्छौं : मन्त्री भण्डारी
-
नाउपाभित्र खैलाबैला : दामोदर पनि रेशमको लाइनमा उभिएपछि एक्लिन् रञ्जिता
-
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्याउने शिक्षा अध्यापन गराउनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
जनताले महसुस गर्नेगरी काम गर्न गृहमन्त्री लामिछानेको निर्देशन
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना