शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रक्तचापदेखि मृगौला रोगसम्मः आँखाले बताउन सक्छन् यी १० रोग

सोमबार, ३१ वैशाख २०७५, १० : ०८
सोमबार, ३१ वैशाख २०७५

आँखाको रंग, त्यस वरिपरिको भाग र दागधब्बा हाम्रो विभिन्न रोगको संकेत हुनसक्छ । यसलाई बुझेर सही समयमा उपचारका लागि जाँदा थुप्रै ठूला रोगबाट बच्न सकिन्छ । आँखालाई हेरेर हामी कलेजोदेखि मृगौलासम्मका रोगबारे पत्ता लगाउन सक्छौं ।

बम्बे हस्पिटलका जनरल फिजिशियन डा. मनिष जैनका अनुसार आँखामुनी ब्यागजस्तो बन्नुको कारण आँखा मुनि तरल पदार्थ वा म्यूकस जम्मा भए यस्तो हुन्छ । आइ ब्याग बन्नुको अर्थ तपाईंको मृगौला वा मूत्राशयले राम्रोसँग काम गरेको छैन । आइब्यागले अन्य रोगबारे पनि जानकारी दिन्छ, आउनुहोस् यसबारे जनकारी लिऔं ।

यदि आइ ब्यागमा कालो दाग वा डण्डीफोर देखिए मृगौलामा गडबडी छ भनेर बुझ्नुहोस् ।

प्रोस्टेटको समस्या, डिम्बाशय, गर्भाशयमा समस्या हुँदा पनि आइब्याग बन्ने गर्छ ।

डिम्बाशयमा ट्युमर, गर्भाशयमा गाँठा वा क्यान्सर हुँदा पनि आइब्याग बन्न सक्छन् । त्यसकारण लामो समयसम्म आइब्याग बनिरहे डाक्टरलाई भेट्नुहोस् ।

आँखा भित्रको रंग र रोगः

आँखाभित्रको तल्लो भाग गहिरो रातो भए रक्तचापको संकेत हुनसक्छ ।

अत्यधिक मधिरापान र चीनि खाँदा पनि आँखाभित्रको तल्लो भाग सेतो हुँदा रगतको कमी र कोलेस्ट्रोलको स्तरमा वृद्धिको संकेत हुनसक्छ ।

आँखा भित्रको रंग यदि पहेंलो छ भने कलेजो वा प्यान्क्रियाजको गडबडीको संकेत हुनसक्छ ।

आँखा भित्रको रंग यदि गुलाबी छ भने स्वस्थ भएको संकेत हो । यसले मुटु र रक्तसंचार सही तरिकाले भइरहेको संकेत गर्छ ।

आँखा वरिपरिको रंगः

आँखा वरिपरिको भागको रंगले पनि रोगबारे बताउँछ । आँखा वरिपरिका भाग सफा र नरम छ भने तपाईं स्वस्थ हुनुहुन्छ भन्ने देखाउँछ ।

कालो रंगः

यदि आँखा वरिपरि कालो वा गहिरो रंग छ भने यसले मृगौला कमजोर भएको दर्साउँछ । रगतको कमी हुँदा पनि आँखा वरिपरि कालो हुन्छ ।

रातो रंगः

आँखा वरिपरिको छाला रातो छ भने यसले तपाईंको मुटुमा धेरै लोड भएको बुझाउँछ । महिलामा महिनावारी गडबडी हुँदा पनि यस्तो संकेत देखिने गर्दछ ।

बैजनी (पर्पल) रंगले तपाईंको रक्तसंचार, उत्सर्जन तन्त्रले राम्रो सँग काम नगरेको संकेत गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप