शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

सचिवमाथि दुर्व्यवहार गर्न खोज्ने विप्लवका कार्यकर्ता पक्राउ

सोमबार, २६ असार २०७४, १० : ५०
सोमबार, २६ असार २०७४

डोल्पा–जिल्ला समन्वय सचिवमाथि दुर्व्यवहार गर्ने विप्लवका दुई कार्यकर्ता पक्राउ परेका छन् । 

आइतबार बिहान समन्वय समितिका सचिव सागर मिश्रमाथि दुर्व्यवहार गर्ने प्रयास गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । क्वाटरमा बसिरहेको बेला दुई जना व्यक्ति आएर दुर्व्यवहार गर्ने प्रयास गरेको सचिव मिश्रले बताए । 

पक्राउ पर्नेमा मुड्केचुला गाउँपालिका १ का अंक बहादुर बोहोरा र सोही ठेगानाका लालबहादुर बोहोरा रहेको प्रहरीले जनाएको छ । 


घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप