शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गर्मी मौसममा अनुहार चाउरी पर्ने खतरा, यसरी गर्नुहोस् हेरबिचार

सोमबार, ३१ वैशाख २०७५, ०७ : ४१
सोमबार, ३१ वैशाख २०७५

गर्मी मौसममा धेरैलाई घरबाट बाहिर निस्कन नपरे पनि हुन्थ्यो भन्ने नै लाग्छ किनभने घामले तपाईंको रंग, निखार तपाईंबाट खोस्छ र यसलाई कालो, रुखो बनाइदिन्छ । फलस्वरुपः बिस्तारै अनुहारको छाला चाउरी पर्न थाल्छ । त्यसकारण गर्मी मौसममा आफ्नो छालाको रामो स्याहार गर्नुपर्छ ।

अमिलो फलफूल र पानीको सेवनः

अमिलो फलफूलजस्तै सुन्तला, कागती र अंगुरजस्ता फलको अत्यधिक सेवन गर्दा यसबाट पर्याप्त मात्रामा भिटामिन सी पाउन सकिन्छ । भिटामिन सी कोलाजन र छालाका लागि अन्य प्रोटिन बनाउन सहायक हुन्छ । यसले तपाईंलाई चाउरीबाट बचाउन सक्छ । चाउरीपनाको सफल उपचारका लागि अत्यधिक पानी पिउन आवश्यक छ । दिनमा कम्तीमा पनि १२ –१३ गिलास पानी पिउनुहोस् ।

अण्डाको फेसप्याकः

चाउरीपनाबाट बच्नका लागि अण्डाको सेतो भाग निकै फाइदाजनक मानिन्छ । अण्डाको सेतो भागलाई कचौरामा फिटेर फेसप्याक जसरी लगाउँदा चाउरी हट्छ ।

कम मेकअपः

गर्मी मौसममा चिपचिप नहुने वा वाटर प्रुप मेकअपको प्रयोग गर्नुहोस् । गर्मी मौसममा फ्रेश देखिन दिनमा थुप्रै पटक अनुहारमा चिसो पानीले छर्कनुहोस् ।

छालालाई चिसो बनाउन फेसप्याकः

अनुहारलाई चाउरीबाट बचाउनका लागि गर्मी महिनामा चन्दनको प्याक लगाउनुहोस् । यसले अनुहारलाई चिसो बनाउँछ । गुलाबजललाई बरफमा जमाएर ती क्यूब्सले चाउरी परेको ठाउँमा मोल्नुहोस् । यसो गर्दा चाउरीलाई हटाउन सहयोग गर्दछ ।

काँक्रोलाई स–सानो टुक्रामा काटेर त्यसलाई आँखा वरिपरि र चाउरी परेको भागमा मोल्नुहोस् । मुल्तानी माटोलाई गुलाब जल राखेर अनुहारमा लगाउनुहोस् । यसो गर्दा छालाबाट टक्सिन बाहिर निस्कन्छ र चाउरीपना पनि कम हुन्छ ।

भिटामिन इ क्याप्सुलः

यसले चाउरीपनालाई टाढा राख्न सहयोग गर्दछ । तीनवटा भिटामिन इ क्याप्सुललाई एउटा कचौरामा हाल्नुहोस् र त्यसमा दुई चम्चाख दही, आधा चम्चा मह र आधा चम्चा कागतीको रस मिसाउनुहोस् । राम्रोसँग फिटेर यो प्याकलाई अनुहारमा लगाउनुहोस् र १० मिनेटसम्म छोड्नुहोस् । त्यसपछि फेसलाई हल्का मसाज गरेर पानीले धुनुहोस् ।

सनस्क्रिन आवश्यकः

गर्मी मौसममा सकेसम्म कम बाहिर निस्कनुहोस् । बाहिर निस्कनै परे चस्मा र टाउको ढाकेर निस्कुहोस् । साथै छाताको छाता पनि ओढ्नुहोस् । अनुहारमा चाउरी पर्न नदिन सनस्क्रिन लगाएर मात्र बाहिर निस्कनुहोस् । गर्मीबाट तातेर घरमा आएलगत्तै मुख नधुनुहोस् । एकछिन बसेर मुख धोएपछि मोइस्चुराइजिङ क्रिम लगाउनुहोस् । दैनिक सुत्नु अघि चाउरी परेको ठाउँमा नरिवलको तेलले मसाज गर्नुहोस् । यसो गर्दा चाउरी कम हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप