यस्तो छ तस्करीको ३३ किलो सुनको लगानीकर्ता बस्ने घर (भिडियाेसहित)
काठमाडौं–त्रिभुवन विमानस्थलबाट बाहिरिएर नयाँ बानेश्वर र अनामनगर आसपासबाट लुटिएको भनिएको तस्करीको ३३ किलो अवैध सुनको लगानीकर्ता भारतीय नागरिक ‘एमके’ भन्ने मोहनकुमार अग्रवाल रहेको पाइएको छ ।
गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले मोहनकुमार अग्रवालको लगानीमा चूडामणि उप्रेती ‘गोरे’ सहितका तस्करहरूले उक्त सुन दुबईबाट थाई एयरलाइन्समार्फत नेपाल ल्याएको निष्कर्ष निकालेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकैको भव्य बस्दै आएका थिए ।
छानविन समितिले उनलाई नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् ।
सुन तस्करी छानविन समितिका एक सदस्यका अनुसार अग्रवाल बस्दै आएको घरमा करिब दुई महिनादेखि ताला लागेको छ । तस्करीको सुन लुटपाट प्रकरणमा सनम शाक्यको हत्यापछि प्रहरीले निगरानी बढाएको सूचना पाएसँगै अग्रवाल फरार भएका थिए ।
यो घरमा बस्दै आएका थिए उनी, भिडियोमा हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत सामान खरिदमा ‘क्यास अन डेलिभरी’ गर्दा ठगिने सम्भावना कम हुन्छ : दिलीप कुमार गिरी
-
प्रतिनिधिसभा बैठक स्थगित
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण