सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ तस्करीको ३३ किलो सुनको लगानीकर्ता बस्ने घर (भिडियाेसहित)

आइतबार, ३० वैशाख २०७५, १७ : ३१
आइतबार, ३० वैशाख २०७५

काठमाडौं–त्रिभुवन विमानस्थलबाट बाहिरिएर नयाँ बानेश्वर र अनामनगर आसपासबाट लुटिएको भनिएको तस्करीको ३३ किलो अवैध सुनको लगानीकर्ता भारतीय नागरिक ‘एमके’ भन्ने मोहनकुमार अग्रवाल रहेको पाइएको छ ।

गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको ‘सुन तस्करी छानविन समिति’ले मोहनकुमार अग्रवालको लगानीमा चूडामणि उप्रेती ‘गोरे’ सहितका तस्करहरूले उक्त सुन दुबईबाट थाई एयरलाइन्समार्फत नेपाल ल्याएको निष्कर्ष निकालेको छ ।

सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकैको भव्य बस्दै आएका थिए ।
छानविन समितिले उनलाई नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म उनी पक्राउ पर्न सकेका छैनन् ।
सुन तस्करी छानविन समितिका एक सदस्यका अनुसार अग्रवाल बस्दै आएको घरमा करिब दुई महिनादेखि ताला लागेको छ । तस्करीको सुन लुटपाट प्रकरणमा सनम शाक्यको हत्यापछि प्रहरीले निगरानी बढाएको सूचना पाएसँगै अग्रवाल फरार भएका थिए ।
यो घरमा बस्दै आएका थिए उनी, भिडियोमा हेर्नुहोस्

 

३३ किलो सुन तस्करी प्रकरण : मुख्य लगानीकर्ता भेटिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप