मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

भारतपछि चीन जाने तयारीमा केपी ओली

आइतबार, ३० वैशाख २०७५, १२ : ३०
आइतबार, ३० वैशाख २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै चीनको भ्रमण गर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले दुवै छिमेकसँगको सम्बन्धलाई अझै सुमधुर र समृद्ध बनाउन आफूले भारतपछि छिट्टै चीनको भ्रमण गर्न लागेको जानकारी दिएका हुन् ।

आईतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणबारे संघीय संसदलाई जानकारी गराउँदै उनले दुई छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारमा मात्रै सीमित हुन नचाहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले नेपालको परराष्ट्रनीति मित्रतामा आधारित हुने पनि स्मरण गराए । 

प्रधानमन्त्री ओलीले नेपालले छिमेकसँग सन्तुलित सम्बन्ध कायम गर्ने पनि दावी गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप