बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हामीले गरेका कामको मूल्याङ्कन भएन–  वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतसँगको अन्तर्वार्ता

आइतबार, ३० वैशाख २०७५, १२ : ०६
आइतबार, ३० वैशाख २०७५

काठमाडौँ । नेपालमा वीर अस्पतालले सेवा दिन थालेको १ सय २८ वर्ष भयो । देशकै पहिलो पाको अस्पताल वीरमा देशभरका नागरिकले सेवा लिँदै आइरहेका छन् । भूकम्पपछि संरचनामा क्षति पुगेको वीरमा अहिले ३ सय ७० बेड मात्रै सञ्चालनमा आएका छन् । सेवा लिनेको सङ्ख्याअनुसार बेड अपर्याप्त छन् ।  यही सन्दर्भमा वीर अस्पतालमा हाल भइरहेको काम, त्यहाँका समस्या, प्रभावकारी सेवा लागि अस्पतालले चालेका कदमका बारेमा रातोपाटीका लागि अञ्जु तामाङले निर्देशक डाक्टर भूपेन्द्र बस्नेतसँग गरेको कुराकानी :

अस्पताल सेवा सुधारका लागि अहिले के—के काम भइरहेको छ ? 

वीर अस्पतालको अहिलेको मुख्य समस्या भवनको अभाव हो । दैनिक आउने बिरामीको सङ्ख्यालाई अस्पतालको पूर्वधार नै कम भएको हँुदा प्रभावकारी सेवा सञ्चालन गर्न सकेका छैनौं । अहिले चिकित्सक, नर्सिङ, इक्विप्मेन्ट बढाएका छौँ तर ठाउँनै प्रर्याप्त छैन । वीरमा ठाउँको समस्या आजदेखि होइन, पहिलादेखि नै हुँदै आइरहेको हो । तर हामीले ठाउँलाई तन्काउनै सकेनौँ । यसका लागि तत्काल हामीले दुईवटा प्रोजेक्ट अगाडि बढाएका छौँ । एउटा अस्पतालको पछाडि भागमा जापान सरकारको सहयोगमा एउटा भवन भन्दै छ । यो भवन अहिलेसम्म २५ प्रतिशत बनिसकेको छ । यो भवन स्न २०१९ को फेब्रुअरी महिनामा जापान सरकारले वीरलाई जिम्मा लगाउने गरी काम भइरहेको छ । जसमा १ सय बेड रहने छन् । यता सय बेडको अस्पतालको बजेट भने हामीले नक्सा पास ग¥यौं, जायिकाले जापानमै टेन्डर भरेको हो, अहिले निर्माणको जिम्मा पनि जापानिज कम्पनीले नै लिएको छ । 

अर्काे नेपाल सरकारको सहयोगमा नयाँ भवनको पनि शिलान्यास भइसकेको छ । ६ सय ५० बेडको भवन नेपाल सरकारको सहयोगमा नै निर्माणको तयारीमा रहेको छ । १७ रोपनी जग्गामा निर्माण हुने भवनका लागि सरकारले २ अर्ब बजेट विनियोजन गरेको छ । नौ तल्लाको नयाँ भवनमा अन्डरग्राउन्ड पार्किङको पनि हुने  छ । यो भवनमा विशेषत सर्जिकल ब्लक सञ्चालन हुने छन् । क्लास रुम, कार्यालय र कन्फ्रेन्स हलहरू हुनेछन् । वीर अस्पताल सञ्चालन भएको १ सय २८ वर्ष भयो, वीरले नयाँ भवन पाएको त ४० वर्षपछि हो । 

बिरामीको सङ्ख्याको कुरा गर्ने हो भने विभाग हेरेर फरक हुन्छन् । कुनै विभागमा धान्न नसक्ने त कुनैमा कम बिरामीको सङ्ख्या आइरहेको हुन्छ । जस्तै न्युरोलोजी ओपीडीको कुरा गर्ने हो भने न्युरोलोजीसम्बन्धी २ जना डाक्टर छन् । त्यहाँ बिरामीको सङ्ख्याको कुरा गर्ने हो भने बिहानको सेसनमा मात्र १२३ जना हुन्छन् । दुई जना डाक्टरले १ सय २३ जना बिरामी हेर्दा एक जनाले ६१ जना बिरामी हेर्नुप¥यो ।

एउटा डाक्टरले ६१ जना बिरामी ४ देखि ५ घण्टामा हेर्नुप¥यो भने त्यो त सम्भव छैन । न्युरोलोजीको त एउटा बिरामीलाई राम्रोसँग हेर्ने हो भने आधा घण्टा समय लाग्छ । युरोलोजीको ओपीडीमा झण्डै १ सयदेखि २ सयको हाराहारीमा बिरामी हुन्छन् । यो भने न्युरोलोजी विभागको लागि धान्न नसक्ने बिरामीको सङ्ख्या हो । त्यस्तै मेडिकल ओपीडीमा २ देखि ३ सय बिरामी हुन्छन् तर यो सङ्ख्यामा १ सय थपिने हो भने अस्पताल धान्न सक्ने अवस्थामा रहेको छ । विभागअनुसार फरक छ । जस्तै डेन्टलकै कुरा गर्ने हो भने क्षमताभन्दा धेरै बिरामीको सङ्ख्या रहेको छ । 

वीरमा कुन रोगका बिरामीको चाप बढ्दो छ ? 
बिरामीको हिसाबले हरेक किसिमका बिरामी आउँछन् । हामी कहाँ नभएको विभाग भनेको गाइनो र पेडेटिक्स हो अन्य सबै विभागहरू सञ्चाल भइरहेका छन् । बिरामीको हिसाबले हरेक किसिमका बिरामी आउँछन् । आर्थिक हिसाबले पनि बिपन्नदेखि सम्पन्न परिवारका आउँछन् । विविधतामा एकता भएको ठाउँ वीर अस्पताल भएको कारण सबै प्रकारको नागरिक र सबै प्रकारका बिरामी आउँछन् । विपन्न नागरिक कोषबाट पनि विपन्न नागरिकहरू उपचार हँुदै आइरहेका छन् । 

डब्लूएचओको नीति वीरले कतिको फलो गरेको छ ? 

डब्लूएचओको नीति फलो नगर्नेमा वीर मात्रै होइन, कुनै पनि सरकारी अस्पताल यो नीतिअनुसार चलेको छैन होला । डब्लूएचओको नीतिले एउटा आईसीयूमा एक जना नर्स भनेको छ तर हाम्रो ५ देखि ६ वडा बेड भएको आईसीयूमा २ वटा नर्सले काम चलाइरहेका छन् । त्यसैले त्यो रेसियोमा हामी कहाँ काम भएको छैन । नियमलाई फलोअप गर्ने हो भने वीरमा अहिले भएको बेड अनुसार १ सय ६ जना जति नर्स थप्नुपर्ने कुरालाई हामीले क्याल्कुलेसन गरेर निकालेका थियौँ । 

वीर अस्पतालको काम ओझेलमा पर्नुका कारण के हो जस्तो लाग्छ ? 

राम्रो कुरा लेख्यो भने मान्छेलाई केही पनि मतलब हुँदैन । आँखामा पर्न, नजरमा पर्न कि पिरो हुनुप¥यो कि तीतो हुनुप¥यो । अरू त टेस्ट कहाँ याद हुन्छ र त्यही याद हुनका लागि त्यस्तै कुराहरू बाहिर आएका हुन् । वीर ४ सय ६० बेडको अस्पताल हो । अहिले भूकम्पपछि ३ सय ७० बेड चलाइरहेका छौं । अब ३ सय ७० बेडको बिरामीलाई हामीले निःशुल्क बिहान दूध र अण्डा, खानामा मासु भात, दिउँसो चिया र बिस्कुट बेलुका, मासु भात खुवाएका छौँ । ३ सय ७० जनालाई दैनिक त्यसरी खुवाउँदा हामीले एक वर्षमा एक करोड ५० लाख खर्च गरेका छौँ । तर यो विषयमा कहाँ कसले लेख्छ र ?

 वीर अस्पतालमा आउने भनेको त बिरामीका लागि ससुराली आउनु बराबर हो । आएपछि भर्ना हुन्छन् बेड फ्री हुन्छ । बिरामी बसुन्जेल खाना फ्री हुन्छ । मेजुरेटी टेस्ट फ्री हुन्छ । केही मुख्य टेस्टको पैसा तिर्नुपर्ने हुन्छ, त्यो पनि छैन् भनेको खण्डमा फ्री नै हुन्छ । जर्मनको सहयोगमा बिरामीलाई सहयोग गर्ने हेतुले एक संस्था पनि चलिरहेको छ  । सो संस्थाले औषधि पनि दिइरहेको छ । गैरसरकारी अस्पतालमा भने आज बस्नुपर्छ भन्दा होइन घर जान्छु भन्छन् तर सरकारी अस्पतालमा आज डिस्चार्ज हुने कुरा गर्दा जान्न भन्छन् । काठमाडाँै बाहिरबाट आउने बिरामीले त हामीलाई कति अप्ठ्यारो पार्छ भने डिस्चार्ज गरेर घर जानुभन्दा जान्न भन्छन् । किन भने यहाँ बस्न पनि पाएको छ, खान पनि पाएको छ । उपचार पनि भएको छ । होइन तपाईं जानुप¥यो भन्दा भनसुन लगाउन थाल्छन् ।  मलाई यहाँबाट एक हप्ता डिस्चार्ज नगर्दिनु भन्नु, मेरो घर जुम्ला, हुम्ला हो भन्ने कुरा गर्छन् । त्यसपछि त्यो बिरामी डिस्चार्ज नगर्ने अनुरोध हुन्छ । तर यस्तो हुँदा आकस्मिक कक्षमा आएको बिरामीले बेड पाउँदैनन् नि । अनि यो कुरालाई उहाँहरूले बुझ्नुहुन्न । ब्लड छैन भने अस्पतालले ब्लडका व्यवस्था गरिदिन्छ । घर जाने पैसा छैन भने त्यो पनि अस्पतालले दिन्छ । त्यो कतिजनालाई दियौँ भन्ने लिस्ट छ हामीसँग । डाक्टरहरूले काम गरेनन् भन्छन् तर हाम्रो डाक्टरहरूले बिरामीको केही छैन भन्दै निःशुल्क सेवा दिनुप¥यो भन्दै आउँछन् । आईसीयूमा प्र्रmी गरेका छौँ । औषधिमा एउटा युवा बिरामी छ, बचाउनुपर्छ भन्दै फ्री गर्न लगाउँछन् । यस्तो धेरैल बिरामी बचाएर पठाएका छौँ । तर त्यो कुराको बारेमा कसैलाई पनि जानकारी हुन्न । फार्मेसीमा एक हजार औषधिमा कुनै एउटा औषधि नहुन पनि सक्छ तर वीर अस्पतालमा औषधि पाइएन भनेर मिडियामा आउँछ ।

वीर अस्पतालमा सय जना भर्ना हुन्छन् तर एक जनाले बेड नपाउँदा बाहिर आउँछ । आईसीयूमा कतिजना बाचेर गएका छन् तर एक जनाको मुत्यु हुँदा चिकित्सकको हेल्चेक्र्याइँले मुत्यु भयो भन्ने कुरा आउँछ । 
सेवा दिँदादिँदै पनि हामीले जस पाउन सकेका छैनौँ । 

कसरी प्रभावकारी बनाउने ? 
वीर अस्पतालमा जिल्ला र अञ्चल अस्पतालबाट पाउने सेवा वीरमा राखेर फाइदा छैन । कही नपाउने सेवा वीरमा राख्ने हो । 

ग्यास्ट्रोइन्टेरोलोजी, नेफ्रोलोजी, न्युरोलोजी, हेमाटोलोजी, पल्मनोजोली जुन सेवा नेपालको अन्य अस्पतालमा छैन । कहीँ नभएको सेवा वीरमा हुनुपर्छ । विशेषज्ञ मात्र होइन अति विशेषज्ञले दिने सेवा वीरमा हुनुपर्छ भन्ने किसिमले हामी काम गरिरहेका छौँ । हामीकहाँ केही दरबन्दीहरू खाली रहेको छ । विज्ञ र राम्रो सेवा बिस्तारका लागि नेपाल सरकारबाट भक्तपुरको दुवाकोटमा ५ सय ७० रोपनी जग्गा पाएका छौँ । त्यसका लागि मास्र्टरप्लान बनाएर स्वास्थ्य मन्त्रालय हँुदै अर्थमन्त्रालयसम्म पुगेको छ । त्यहाँ चाहिँ एक हजारको अनि विशिष्ट सेवासहितको अस्पताल हुनुपर्ने माग गरेका छौँ । त्यो भयो भने धेरै नेपालीलाई ठूलो राहात मिल्ने छ । हाल अर्थमन्त्रालयले डोनर खोजिरहेको छ, प्रविधिको कुरा गर्ने हो भने धेरै नयाँ प्रविधि ल्याएका छौँ । 

अस्पतालको बजेट ? 
रेगुलर बजेट हुन्छ । अहिले चलिरहेको आ.व.का लागि झण्डै एक अरब बजेट विनियोजन भएको थियो । तर ५० देखि ६० करोड तलब भत्तामा सकिन्छ । नयाँ प्रविधिमा खर्च गर्ने भनेको १० देखि १५ अबर मात्रै हो । मेडिकल क्षेत्रको नयाँ प्रविधि खरिदका लागि यो पैसा केही पनि होइन । एउटा एमआरआई किन्ने जाने हो भने १५ करोड पर्छ । मेडिकल सेक्टर प्रविधि किन्नका लागि त प्रर्याप्त बजेटनै छैन । कुनै पनि सामान्य सामान किन्नु पर्दा पनि ढेड करोडभन्दा कममा आउँदैन । यो विनियोजन गर्दै आएको बजेट अप्रयाप्त छ । डब्लूएचओको कुरा गर्ने हो भने स्वास्थ्य क्षेत्रमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्नुपर्ने हुन्छ । कुनै समय ७ प्रतिशतसम्म पुगेको थियो भने अहिले ५ देखि ४ प्रतिशतमा झरेको छ । अब ओभर अल बजेट नै कम भएपछि वीरमा त बढ्ने कुरा नै भएन । तोकिएअनुसार बजेट विनियोजन भएर बल्ल खर्च गर्न पाउने हो भने मात्रै नेपालको स्वास्थ्य क्षेत्रमा सुधार हुनसक्छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप