मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा प्रधानमन्त्री ओली : मोदी नेपाल आउँदा चार वटा हवाई रुट थप्ने सहमति भयो

आइतबार, ३० वैशाख २०७५, ११ : ४५
आइतबार, ३० वैशाख २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले  हवाई रुट थप्न भारतसँग सहमति भएको बताएका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा थप ४ वटा रुट थप्न प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको आइतबार संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जानकारी गराए ।

हाल नेपाल प्रवेश गर्ने एक वटामात्रै हवाई रुट रहेको छ । 

‘अहिलेको कनेक्टिभिटीको जमानामा हवाइजहाज पस्ने रुट सिमरा हुँदै एकमात्रै छ । अब भैरहवा, विराटनगरतिरबाट पनि रुटहरु चाहिएको छ ।  

दुई प्रमको तहमा थप चार रुट लिनको लागि प्राविधिक तहको अध्ययन गर्न निर्देशन भएको छ।’, ओलीले भने, ‘सेप्टेम्बर भित्र अध्ययनको काम सम्पन्न गर्ने भनेका छौं ।’

उनले तराईमा रहेको डुबानको समस्या समाधान गर्न पनि भारतीय प्रमसँग गम्भीरताका साथ कुरा उठाएको पनि संसदलाई जानकारी गराए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप