शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

संसदमा प्रधानमन्त्री ओली : जनकपुरमा मुख्यमन्त्रीले कुटनीतिक मर्यादा उल्लंघन गरे

आइतबार, ३० वैशाख २०७५, ११ : ३४
आइतबार, ३० वैशाख २०७५

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नागरिक अभिनन्दनका क्रममा राष्ट्रिय मर्यादा र कुटनीतिक मर्यादा विपरीतको  अभिव्यक्ति आएको बताएका छन् । 

उनले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको नाम नलिई उनको अभिव्यक्ति राष्ट्रहित विपरीत रहेको बताएका हुन् । 

उनले भने–‘नेपाल सरकारको परराष्ट्र सम्बन्ध सञ्चालन गर्नेबाट यो भएको होइन । नेपाल भारतका सम्बन्धमा हाम्रो नीति स्पष्ट सम्बन्ध छँदै छ ।’ 

उनले जनकपुरमा नेपाल भारतबीच मित्रता अभिबृद्धी गर्ने क्रममा जनताको सकारात्मक सहभागिता रहेको समेत उल्लेख गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप